देवीस्थान समाजमा हरिशरण

समाधान संवाददाता २०८० वैशाख १० गते १३:२३

पोखरा ।

देवीस्थान सेवा समाज पोखरा २५ हेमजाको तेस्रो अधिवेशनले हरिशरण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ ।

समाजको उपाध्यक्षमा हरिप्रसाद तिमिल्सिना, सचिव जीवन खत्री, कोषाध्यक्ष चन्द्रकला पोख्रेल र सहसचिवमा अञ्जिता तिमिल्सिना छन् । र सदस्यमा खिमलाल तिमिल्सिना, प्रदीप पौडेल, शिव अधिकारी, विष्णु भण्डारी, सुवास कुँवर र सीता तिमिल्सिना छन् ।

Advertisement

सभामा पोखरा महानगरपालिका कार्यपालिका सदस्य धनकुमारी पोखरेल तिमिल्सिनाले संस्कृति जोगाउने काम गरेकोमा समाजलाई धन्यवाद दिइन् । कार्यक्रममा नेपाली कांग्रेस पोखरा २५ का सभापति मधुसूदन त्रिपाठी, नेकपा एमाले पोखरा २५ अध्यक्ष ऋषिराम पौडेल, देवीस्थान धार्मिक क्षेत्र विकास समिति अध्यक्ष चूडामणिा तिमिल्सिना, संस्थापक अध्यक्ष विष्णु तिमिल्सिना र सल्लाहकार खिमलाल तिमिल्सिना, सदस्य चन्द्रकला पोखरेल र जीवन खत्रीले बोलेका थिए । कार्यक्रम समाजका कार्यवाहक अध्यक्ष हरिशरण पौडेलको अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया