बेगनास किनारामा सेल्फी जोन

भीमपाणि बराल २०८० वैशाख १३ गते १७:३४

लेखनाथ ।
बुटवलबाट पोखरा घुम्न आएका सविन ढकालको परिवार बेगनास तालको किनारामा बनाइएको सेल्फी जोनमा फरक फरक सैलीका फोटो खिच्न व्यस्त थियो । घरी सेल्फी त घरी अरुलाई मोबाइल दिएर फोटो खिचिदिन उनीहरु अनुरोध गर्दै थिए ।

किनारमा भरखरै मात्र बेगनास ताल धार्मीक तथा पर्यटन विकास समितिले निर्माण गरिएको सेल्फी जोनमा जो कोही पनि आए पछि बेगनासताल सम्म आएको सम्झना भन्दै पृष्ठ भुमीमा ताल आउने गरि फोटो खिच्नहरुको भिड नै देखिन्छ ।

बेगनातालसम्म आएपछि जो कोही पनि मन्दरेपार्क किनारामा तालभन्दा केही भाग माथी उठाएर बनाइएको पक्की संरचना, वरिपरि स्टीलको बार र त्यस माथी वेगनासतालको पहिचान झल्कने गरि सिरमा सहर र असला माछाको प्रतिविम्व ,दायाँ बायाँ कलकल बग्ने पानीका फोहोराको बिचमा बसेर फोटो खिच्ने रुचाउने हरुका लागि सेल्फी जोन आकर्षणको केन्द्र बिन्दु बनेको छ ।

Advertisement

फोटो खिच्न मात्र होईन निर्माण गरिएको संरचनाबाट तालको दृष्यावलोक देखि तालको प्राकृतीक दृष्य र भरखरै मात्र निर्माण गरिएको कृतिम संरचनालाई क्यामरामा कैद गर्दै टिक टकका पारखीका लागि पनि यो ठाउँ उपयोगी भएको छ ।

बेगनास ताल धार्मीक तथा पर्यटन विकास समितिले करिव नौ लाख ६५ हजार खर्च गरेर बनाईएको सेल्फी जोनले देश विदेशमा बेगनासतालको प्रचार प्रसारमा सहयोग पुग्ने र यस क्षेत्रमा आन्तरिक तथा बाहिय पर्यटनको आगवनमा बृद्धि हुने विश्वासले सवैको ध्यान केन्द्रत हुने गरि सेल्फी जोन निर्माण गरिएको निर्माण समितिका संयोजक तथा बेगनासताल संरक्षण तथा विकास मञ्चका अध्यक्ष कृष्ण प्रसाद ढुगानाको भनाई रहेको छ ।

Advertisement

नयाँ ठाउँमा घुम्न जादा जो कोहीले पनि सम्झनाका लागि फोटो खिच्ने गरे पनि वास्तविक चित्रण नहुदा केती ठाउहरु प्रचार प्रसार कै अभावले ओझेरमा परिको वास्तविकतालाई ध्यानमा राखि बेगनासतालको पहिचान र यस क्षेत्रमा पर्यटनको आगवनलाई बढवा दिने उदेस्यका साथ वास्तविकता झल्कने गरि कृतिम संरचना बनाईएको समितिका कार्यवाहक अध्यक्ष मित्रलाल भण्डारीले वताएका छन् ।

बेगनासताल घुम्न आउने पर्यटको सुविधाको लागि प्रवेश द्धारा देखि नै ढुड्डा विछाउने,मन्दरे पार्क वरपर र∙रोगन,तालको बाध किनारामा ढलान गरेर ढुंगा राख्ने काम भएकोले विगतका भन्दा अहिले तालको संन्दर्यमा केही सुधार गर्ने सकिएको समितिकी सचिव शान्ति खनाल बताउछिन् ।

लम्जुङको लक्ष्मी बजार निवासी रदि मियाँले निर्माण गरेको कलात्मक माछाको मुर्ती सहितको सेल्फी जोनले आगन्तुक पर्यटनको मन तान्न सक्ने र यस क्षेत्रमा आन्तरिक तथा बाहिय पर्यटनको आगवनमा बृद्धि हुन सक्ने विश्वास गरिएको छ ।

बेगनासतालको प्रचार प्रसारका सहयोग पुग्ने गरि ताल किनारमा प्रत्येक महिनाको पहिलो दिन माहाआरती र तालपारी कडेल टुडा बेगनासताल वराह क्षेत्रमा करिव ५० लाखको लागतमा मन्दिर एवंम अन्य भौतिक संरचना निर्माणको लागि डिपिआर गरि निर्माणको चरणमा रहेकाले पक्कै पनि बेगनासतालको मुहार फेर्नका लागि यस प्रकारका संरचनाले सहयोग पुग्ने विश्वास लिईएको छ ।

भीमपाणि बराल

बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।

तपाईको प्रतिक्रिया