आदर्श चौतारीको सहयोग

समाधान संवाददाता २०८० वैशाख १४ गते १७:४२

पोखरा ।
लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले दृष्टिविहीनहरुका लागि सेतो छडी प्रदान गरेको छ । जिएमटी कोअर्डिनेटर शान्ता थापाले नेत्रहीन संघ कास्की अध्यक्ष श्रीकान्त सापकोटालाई सेता छडी हस्तान्तरण गरे ।

Advertisement

उनले दुवै आँखाले देख्न नसक्नेलाई सेतो छ्डी तेस्रो नेत्र साबित हुने बताए । क्लबका अध्यक्ष रुकबहादुर गुरुङको अध्यक्षता भएको कार्यक्रममा संस्थापक अध्यक्ष वासुदेव कोइराला, पूर्व अध्यक्ष भरतराज सिग्देल, मोहनराज पौडेल, निवर्तमान अध्यक्ष वसन्तराज कोइराला, कार्यक्रम संयोजक दीपकप्रसाद घिमिरे, सचिव भगवान श्रेष्ठ लगायतले बोलेका थिए ।

समारोहमा २०८० को भित्तेपात्रोसमेत लोकार्पण गरिएको छ ।

तपाईको प्रतिक्रिया