समाधानकर्मी पोखरेललाई मातृशोक
समाधान संवाददाता
२०८० वैशाख १४ गते १८:५३

पोखरा ।
समाधान दैनिकका व्यवस्थापक श्री पोखरेललाई मातृशोक परेको छ । उनकी आमा टोपकला पोखरेलको बुधबार साँझ निधन भएको हो । पुख्र्यौली घर गुल्मीमा बस्दै आएकी पोखरेल बिरामी भएर उपचारका लागि काठमाडौं थिइन् ।
पोखरेललाई मिर्गाैला सम्बन्धी समस्या रहेको ९ महिनाअघि पत्ता लागेको थियो । स्वर्गीय पोखरेलको बिहीबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । जेठा छोरा पिबी पोखरेलले आमाको पार्थीव शरीरमा दागवत्ती दिएका थिए ।
२००५ साल मंसिर १३ गते जन्मिएकी पोखरेलका २ छोरा र २ छोरी छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया