गण्डकीमा नयाँ सरकारकाे सकस

एक जना महिला मन्त्रीसहित सपथ लिने मुख्यमन्त्रीकाे तयारी, काे बन्दैछ मन्त्री ?

समाधान संवाददाता २०८० वैशाख १५ गते ११:४८

पाेखरा ।

माओवादी केन्द्रलाई आजै सरकारमा सहभागी गराउने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेकाे प्रयास असफल भएकाे छ । त्यसलै आज उनले एक जना मन्त्रीसहित सपथ खाने भएका छन् ।

नेपाली का‌ग्रेस श्राेतका अनुसार मन्त्रालय भागबण्डा र मन्त्रीहरुकाे नाम टुङ्गाे नलागेका कारण उनले आज कांग्रेसबाट पनि एक जनालाई मात्रै सपथ खुवाउने भएका छन् ।

Advertisement

लमजुङका टकराज गुरुङ मन्त्री बन्ने पक्का जस्ताे भएकाे दावी गरिएपनि आज उनलाई समेत सपथ नखुवाइने भएकाे छ । आज एक जना महिला सांसदलाई मात्र मन्त्री बनाइने मुख्यमन्त्री निकट श्राेतले दावी गर्याे ।

मन्त्री बन्ने दाैडमा ३ जना महिला सांसद अघि छन् । कास्कीकी सरस्वती गुरुङसहित चम्पादेवी खड्का र सरस्वति अर्याल मन्त्रीकाे दाैडमा छन् । यी मध्ये चम्पादेवी खड्का र सरस्वति अर्याल केन्द्रीय सदस्य भएकाले यी मध्येबाट एक जनाले आज सपथ लिने मुख्यमन्त्री निकट श्राेतले बताएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया