
जोमसोम ।
कालिगण्डकी पूर्वमा रहेको मुस्ताङको थासाङ गाउँपालिकाका ६ वटा गाउँ जोड्ने सडक स्तरोन्नति भइरहेको छ । संघीय निर्वाचन क्षेत्र अन्तर्गत एक निर्वाचन क्षेत्रको एक रणनीतिक महत्वको सडक अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक डिभिजन कार्यालय बाग्लुङले थासाङको ६ गाउँ जोड्ने सडक स्तरोन्नति सुरु गरेको हो ।
यो रणनीतिक महत्वको सडकका लागि यसअघि भौतिक योजना तथा यातायात मन्त्रालयले २०७७/०७८ मा कार्यक्रम स्वीकृत गरी ६० लाख बजेट विनियोजन गरेको थियो । थासाङ ३ लेतेको बेनी जोमसोम मुख्य राजमार्ग सडकबाट छयो, कुञ्जो, टिटी, धम्पु, कोखेठाटी र सौरु जोड्ने १० किमी सडक स्तरोन्नति तथा डिबिएसडी कालोपत्रको कामअघि बढाइएको हो । सडक स्तरोन्नतिसँगै थासाङका वडा २, ३, ४ र ५ सडक पहुँचमा जोडिने छन् ।
थासाङमा सदिंयौदेखि सडक नहुँदा आझेलमा परेको ६ गाउँ जोड्ने सडकका लागि तत्कालीन संघीय सांसद प्रेमप्रसाद तुलाचनले एक निर्वाचन क्षेत्र एक रणनीतिक महत्वको सडकका लागि पहल गरेका थिए । सडकको ०७८ मा विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) गरिएको थियो । तर, डिपिआर बने पनि ठेक्का सम्झौता ढिलो भयो । सो सडकको १२ किमी स्तरोन्नति भनिए पनि हाल लेतदेखि कोखेठाँटीसम्म १० किमीको मात्र ठेक्का सम्झौता भएको छ ।
६ गाउँ जोड्ने रणनीतिक महत्वको संघीय योजनाका लागि ६० करोड लागत रहे पनि ३८ करोड ८८ लाख ६१ हजारमा सम्झौता भएको हो । महालक्ष्मी हिमाली जेभी काठमाडौं र डिभिजन सडक कार्यालय बागलुङबीच २०७९ पुस ७ गते सडकको ठेक्का सम्झौता भएको हो ।
२०८२ पुस ६ गते अर्थात् ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको डिभिजन सडक कार्यालय बागलुङका इन्निियर प्रभात तिवारीले जानकारी दिए । थासाङका ६ गाउँ जोड्ने रणनीतिक महत्वको सडक ७ मिटर चौडा, कालोपत्रे, ५० सेमी सोल्जर र १ मिटर ड्रेनसहितको हुनेछ ।
गत पुसदेखि सडक स्तरोन्नति सुरु गरिएको यो सडकको ४ महिनामा २० प्रतिशत भौतिक प्रगति भएको डिभिजन सडक कार्यालय बाग्लुङका इन्जिनियर तिवारी बताउँछन् । उनले सडकमा ७ मिटर चौडा डिबिएसडी कालोपत्र गरिने जनाए । अहिले थासाङको टिटी र कुञ्जो क्षेत्रमा धमाधम काम भइरहेको उनले उल्लेख गरे ।
थासाङ गाउँपालिकाका २, ३, ४ र ५ वडा जोड्ने सडक नहुँदा त्यस क्षेत्रका स्थानीयलाई निकै सास्ती हुने गरेको गाउँपालिका उपाध्यक्ष सोमल हिराचन बताउँछन् । उनले रणनीतिक महत्वको सडकसँगै कालिगण्डकी नदीमा निर्माणाधीन लेते छयो र लेते धम्पु सडक पुल बन्नु जरुरी छ ।
सडक र पुल बनेमा त्यस क्षेत्रका स्थानीयलाई ठूलो राहत पुग्ने उपाध्यक्ष हिराचनको भनाइ छ । वर्षौदेखि कालिगण्डकी नदीको पीडा भोग्दै आएका त्यस क्षेत्रका बासिन्दा चाँडै सडक र पुल निर्माण सम्पन्न हुनेमा आशावादी छन् । उनीहरुले विभिन्न बहानामा विकासको काम अवरुद्ध हुन नहुनेमा जोड दिएका छन् ।
तत्कालीन संघीय सांसद तुलाचनले थासाङको कालिगण्डकी पूर्वको कालोपत्र सडक निर्माणपछि छयो, कुञ्जो, ताक्लुङ, टिटी, सिर्खुङ लगायतका स्थानीय लाभान्वित हुने बताए । सो क्षेत्रका गाउँमा पक्की पुल र सडकको पहुच नहुँदा निकै समस्यामा परेका स्थानीयको कृषि उपज केही वर्षपछि सहज ढुवानी र बजारीकरणमा समेत सहयोग पुग्ने सांसद तुलाचनको भना छ ।
थासाङका ६ गाउँ जोड्ने सडक नहुँदा त्यस क्षेत्रका कृषकहरुले उत्पादन गर्ने कृषि उपज बजारिकरण गर्न कठिनाइ छ । सडक र पुल एकैसाथ सम्पन्न भएमा त्यस क्षेत्रको कृषि उत्पादनको सहज बजारीकण गर्न सकिनेछ । सडक निर्माण पूरा भएमा एक गाउँबाट अर्को गाउँमा आउजाउ गर्न र कार्यालय, स्वास्थ्य संस्था र विद्यालयमा जानसमेत सजिलो हुनेछ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया