डेभिजफलमा सार्वजनिक शौचालय

समाधान संवाददाता २०८० वैशाख १६ गते १४:४४

पोखरा ।
पोखरा १७ डेभिजफलमा गुप्तेश्वर महादेव गुफा र छोरेपाटन मवि पार्किङ व्यवस्थापन समितिले सार्वजनिक शौचालय बनाएका छन् । नवनिर्मित शौचालय शुक्रबार पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगीले उद्घाटन गरिन् ।

अध्यक्ष योगीले कर्मचारी राखेर शौचालयको नियमित सरसफाइ गर्न, पार्किङको सौन्दर्यकरणमा विशेष ध्यान दिन, फाेहोर व्यवस्थापन, पर्यटकका लागि चमेना गृह जस्ता पक्षमा ध्यान दिन आग्रह गरिन् । निवर्तमान वडाध्यक्ष तीर्थराज अधिकारीले अध्ययन गरेर परियोजना अनुरुप काम गर्न अनुरोध गरे ।

गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण बास्तोला, छोरेपाटन मावि व्यवस्थापन समिति अध्यक्ष कृष्ण लम्साल, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष श्रीराम सुवेदी,समितिका सदस्य युवराज लामिछाने (युवक) र हरिप्रसाद लम्सालले पनि बोलेका थिए ।

Advertisement

समितिका सदस्य ईश्वरीप्रसाद लम्सालले शौचालय निर्माणको आयव्यय प्रस्तुत गरे । शौचालय निर्माणका लागि ३५ लाख खर्च भएको छ । यसमा छोरेपाटन मावि, गुप्तेश्वर महादेव गुफा र वडा कार्यालयबाट आर्थिक सहयोग प्राप्त भएको छ ।
समितिका अध्यक्ष झपिन्द्रराज रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया