लेखक दिवसका रचनावाचन

समाधान संवाददाता २०८० वैशाख १७ गते १३:१६

पोखरा ।
नेपाली लेखक संघ, केन्द्रीय समितिले गरेको निर्णयअनुसार संघका विभिन्न जिल्ला तथा प्रदेश शाखाले विभिन्न कार्यक्रम गरी राष्ट्रिय लेखक दिवस मनाएका छन् । शनिबार नेपाली लेखक संघ, गण्डकी प्रदेश र कास्की शाखाद्वारा संयुक्त रूपमा रचनावाचन आयोजना गरे ।

वि.सं. १९८७ सालमा नेपालको इतिहासमा घटेको पुस्तकालय पर्व (लाइब्रेरी पर्व) को सन्दर्भ पारी वैशाख १६ गतेलाई लेखकीय स्वतन्त्रतासँग जोडी राष्ट्रिय लेखक दिवस मनाउने प्रस्ताव नेपाली लेखक संघ, केन्द्रीय समितिले गरेको र सोहीअनुसार प्रथम राष्ट्रिय लेखक दिवस मनाइएको नेपाली लेखक संघका केन्द्रीय सचिव गणेश शर्माले बताए । उनले सो क्रममा लेखक दिवसको औचित्य प्रकाश पार्दै नेपाली लेखक संघले इतिहासको विशिष्ट दिनलाई स्मरण गर्ने गरी यो दिवस मनाउने प्रस्ताव गरेको बताए ।

यो दिवस कुनै विचारसँग सम्बद्ध लेखकको नभई सम्पूर्ण नेपाली लेखकहरूको साझा दिवसका रूपमा स्थापित गर्ने गरी संघले थप कार्यक्रम ल्याउनेसमेत उनले बताए । उनले सम्पूर्ण लेखकलाई यस अभियानमा गोलबद्ध भएर लाग्नसमेत आग्रह गरे ।

Advertisement

लेखक राजनीतिक दल र यिनका हरेक खाले गतिविधिको साक्षी बस्न नसक्ने र सत्ताको रचनात्मक स्थायी प्रतिपक्ष हुने भएकाले त्यसतर्फ हरेक लेखक सचेत रहन र लेखकीय सत्ता स्थापित गर्न लाग्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा साहित्यकार दीपक समीप, लक्ष्मण थापा, डा. चैतन्य अधिकारी, गणेश शर्मा, डा. भूमिराज बस्ताकोटी, कल्याण पन्त, सञ्जीव पौडेल, अमृत क्षेत्री, लक्ष्मी थापा, कृष्ण सुवेदी, वसन्त विनोद, प्रदीप खनाल, सरला लामिछाने सरू, शर्मिला कार्की, जिज्ञासु सापकोटा, सुजित चौधरी, रोश नास्तिक, प्राञ्जल लागयतले रचना सुनाएका थिए ।

Advertisement

नेपाली लेखक संघ कास्की शाखाका सचिव कमल पौडेल ‘अथक’ को अध्यक्षतामा कार्यक्रम भएको हो ।

तपाईको प्रतिक्रिया