कालिका बहुमुखीमा उद्यमशील साझेदारी कार्यक्रम

पोखरा ।
कालिका बहुमुखी क्याम्पस काजीपोखरीमा आइतबार उद्यमशील साझेदारी कार्यक्रमको शुभारम्भ भएको छ । त्रिभुवन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले आइतबार कार्यक्रमको शुभारम्भ गरे । उनले शिक्षासँगै विद्यार्थीहरुमा उद्यमी कसरी बन्न सकिन्छ भन्ने सोचको पनि विकास हुनुपर्छ भन्दै कालिका क्यम्पसले आगाडि सारेको यो परियोजनालाई विश्वविद्यालयले सहयोग गर्ने बताए ।
विश्वविद्यालय अनुदान आयोग, अनुसन्धन तथा छात्रवृत्ति महाशाखाका निर्देशेक डा. प्रमोद पौडेलले विद्यार्थीहरु उद्यमी भए आफैले रोजगारी सिर्जना गरेर अरुलाई रोजगार दिने उल्लेख गरे ।
क्याम्पस प्रमुख विरन्जी गौतमले क्याम्पस्ले ल्याएको यो परियोजनालाई विद्यार्थीहरुले अवसरको रुपमा लिएर सदुपयोग गर्न सुझाव दिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण केसीले उद्यमशीलताले विद्यार्थीहरुलाई रोजगारी खोज्दै भौतारिनुनपर्ने उल्लेख गरे ।
कार्यक्रममा पोखराका उद्यमीहरु काठमाडौं बेकरीका सञ्चालक रोशन महर्जन, स्टेसन फुड क्लब र ससेज पर्कका सञ्चालक आयुष श्रेष्ठ, महिला कृषि उद्यमी उषा पौडेलले उद्यमी बन्दा आइपर्ने कठिनाइ, सफलता लगायत विषयमा भनाइहरु राखेका थिए ।
कार्यक्रममा क्याम्पसका इन्क्युबियसन केन्द्रका स्रोत व्यक्ति विष्णु तिमिल्सिना सहायक क्याम्पस प्रमुख युवराज गुरुङ लगायतले बोलेका थिए । कार्यक्रममा क्याम्पसका प्राध्यपक, विद्यार्थी, कर्मचारी, सञ्चालक समितिका पधाधिकारीहरुको सहभागिता थियो ।









सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
भुजीखोला बाढीको ५ वर्ष : पीडितलाई ऋणको पासो, राहतको आशै मर्यो
नेपालमा ५ सय र २ सयका भारु नोट चल्ने, आरबिआईले दियो अनुमति
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया