१२ जेठदेखि ‘टुल्की’

समाधान संवाददाता २०८० वैशाख २४ गते १३:०७

काठमाडौं ।
बहुपति प्रथामा आधारित चलचित्र टुल्की आगामी जेठ १२ गतेदेखि प्रदर्शन हुने भएको छ । ‘द पाल्म गु्रप प्रालि’द्वारा निर्माण गरिएको बहुपति प्रथामा आधारित नेपालकै पहिलो कथानक चलचित्र टुल्की सो मितिमा देशभर प्रदर्शन गर्न लागिएको हो ।

डोल्पा, हुम्ला, मुगु लगायतका हिमाली जिल्लाको वेषभूषामा कुप्रथाका रूपमा अझै कायम रहेको बहुपति प्रथालाई ‘टुल्की’ मार्फत देखाइएको निर्माता शेखर लामाले बताए । चलचित्रको डोल्पाको शे फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडा लगायतका विकट गाउँबस्तीमा पुगेर छायांकन गरिएको छ ।

चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरेर उपल्लो क्षेत्रमा जान्छिन् र त्यहाँ गइसकेपछि उनले प्रथाको नाममा भोग्नुपरेको सामूहिक बलात्कारको दुखान्त कथावस्तुलाई चलचित्रमा उजागर गरिएको छ ।

Advertisement

चलचित्रको निर्देशन देवजंग थापा, छायांकन सुशील अधिकारी र नवराज घिमिरेले गरेका छन् ।

शेखर लामाको प्रस्तुतिमा निर्माण गरिएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा छन् । चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने ‘स्क्रिन प्ले’ शेखर लामाको छ । चलचित्रमा सम्पादन तारा थापा, पाश्र्व संगीत सञ्जीव सुब्बा, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीको छ ।

Advertisement

चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय छ ।

तपाईको प्रतिक्रिया