संसदमा द्रौपदीको चीरहरण !

मदन भण्डारी २०८० वैशाख २७ गते १२:२०

महाभारतकी द्रौपदीको चीरहरण हुँदा भीष्मले पहिल्यै रोक्न सक्थे । दुर्योधन–दुःशासनलाई बजाईदिन सक्थे । तर, त्यो भारी सभामा कसैले त्यस्तो हिम्मत गरेन । भीष्मबारे ओशोको टिप्पणी छ, ‘भीष्म स्वयं द्रौपदीको नग्न रुप हेर्न चाहन्थे !’ भगवान कृष्णले गोपिनीका यौनांग हेर्नैका लागि बस्त्र लुकाईदिए, हातले सम्म ढाक्न दिएनन् । त्रिदेवले पनि अनुसूयासँग देखाईदिन भनेका थिए । जीवनको आधार प्रेम हो, प्रेमको आधार यौन हो ।

यत्ति खेरको नेपालमा यौन विकृतिले संसारका सबै देशलाई उछिन्छ होला । भ्रष्टाचार चरमचुलीमा पुग्नुको कारण नेतागण लम्पट भएकैले हो । घर, गाडी वा अन्य सुविधाको पर्याप्तता हुँदाहुँदै विदेशमा पैसा लुकाउने होडले छोराछोरी, बुहारी, श्रीमती नेताद्वारा सजिलै बेचिँदै छन् । श्रीमती बेच्नेका लागि नेपाल आमा माटोको थुप्रोमात्रै हो ।

नेपालको संसदमा द्रौपदीको चीरहरण भयो । सभामुखले ‘माननीय सदस्यहरु बस्नोस्–बस्नोस्’ भन्दैथे तर माननीय अमरेश कुमारसिंह बसेनन् । उनले उठेर लुगा खोलेरै देखाइदिए । विश्वकै संसदीय इतिहासमा यस्ता घटना विरलै होलान् । नक्कली भुटानी शरणार्थी काण्डमा सरकारले निष्पक्ष छानबिन गर्ने बताउँदा जनताले लोप्पा देखाउँछन् ।

Advertisement

अमरेश कुमारसिंहको त्यो आँट जनताको अपत्यारकै प्रतिबिम्बन हो । प्रमुख प्रतिपक्षी नेताले पूर्व उपप्रधानमन्त्री तथा बहालवाला एमपी भाग्ने, लुक्ने, हराउने मान्छे होइनन् भन्दाभन्दै टोपबहादुर लोप हुन्छन्, प्रचण्ड सरकारले पत्तै पाउँदैन; अनि जनताले चाहिँ पत्याइदिनुपर्ने !

ढाँटको निम्तो खाई पत्याउनू भन्छन् । लाउडा, मेलम्ची, सुन काण्ड, ललिता निवास, अपर कर्णाली, सुडान काण्ड, मतपत्र भक्षण, वाइड बढी, सिसी फुटेज, चोलेन्द्र काण्ड आदि अनेक ठूला भ्रष्टाचार मुद्दामा कांग्रेस, एमाले र माओवादी एउटै पार्टी प्रमाणित भएकाले राप्रपा र रास्वपा अगाडि आएका छन् । खै खोला ? सुक्योको अवस्थामा ठूला पार्टी पुगे ।

Advertisement

पम्फा वा नैनकला, मञ्जु वा आरजुलाई डा. अमरेश कुमारसिंहले संसदमै द्रौपदीको चीरहरणको दृश्य देखाईदिए

ज्ञानेन्द्र शाही, अमरेश कुमारसिंह र सुनिल प्रजापति जस्ता केही सांसद हुँदेनथे भने हाम्रो संसद भारतेली वेश्या बजारभन्दा अर्को देखिने थिएन । धन्न, २/४ जना सांसदहरु जनताका कुरा उठाउँछन् ।

‘हामी जनमुक्ति सेना खासमा त ५/७ हजार न थियौँ !’ प्रचण्डले स्वीकारेका छन् । क्यान्टोन्मेन्टमा प्रचण्डले गरेको भ्रष्टाचार देखेरै आफूले माओवादी पार्टी त्यागेको बाबुरामले बताएका छन् । गोपाल किराँती ‘मुलुकको सबभन्दा ठूला भ्रष्टाचारी प्रचण्ड हुन्’ भन्छन् । डा. सुरेन्द्र केसी नारायणकाजीलाई काजीमान लामा सम्झाउँछन् । यिनै प्रधानमन्त्री र उपप्रधान मन्त्री अहिले अपराधीलाई नछाड्ने बाचा, कसम खाँदैछन् । बुद्धिजीवी प्रशंसामा सात आकास उचाल्दैछन् ।

मिडियामा अमरेशले आफ्नो हत्या प्रयास भइरहेको गुनासो गरे । संसदमै केही पागलले उनलाई पागल घोषित गर्न खोजे ।

देवकोटालाई पागल भनिएकैले ‘पागल’ कविता लेखिएको थियो:
निर्लज्ज नेतृत्वको, निरस रसनाको
रण्डीको नाँच हेर
जन अधिकारको डँडाल्नुको भाँच हेर
जब मान्छेले मान्छेलाई मान्छे गन्दैन
तब कट्कटाउँछन् मेरा बत्तिसै दाँत
हुन्छन् गाला लाल–लाल
जरुर साथी म पागल !

पागलले अरुलाई पागल देख्छ । नेहरुको कथा हालिन्छ । एकपल्ट प्रधानमन्त्री जवाहरलाल नेहरु मानसिक अस्पताल जाँच्न गएछन् । डाक्टरहरुले निको भएको मान्छे नेहरुको अगाडि प्रस्तुत गरेछन् । नेहरुले हात जोड्दै भनेछन्, ‘नमस्ते, म जवाहरलाल नेहरु !’ त्यो सद्दे भइसकेको भनिएको मान्छे अट्ठाहस् गर्दै हाँसेछ, ‘हो, म पनि पागल छँदा आफूलाई देशको प्रधानमन्त्री नेहरु नै ठान्थेँ !’

अमरेशकुमार सिंहलाई पागल ठान्नेहरु सद्दे मान्छे होइनन् । बेसारले अरुलाई पहेँलै बनाउँछ । प्रमाणले भन्छ, प्रचण्ड जोसँग मिल्छन्, त्यो सखाप हुन्छ । उनी राजासँग मिले, राजा बाहिरिए । गिरीजासँग मिले, गिरीजा राष्ट्रपति हुन पाएनन् । केपी ओलीसँग मिले, एमाले ध्वस्त हुँदै गयो ।

गगन थापा देउवाको दूत बनेर प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गर्न पुगे, बिचरो गगनको राजनीति ह्वात्तै ओरालो झर्यो । लाखौँ नेपाली जनता प्रचण्डको पछाडि लागे, उनका छोरीबुहरी र तिनका सुन्दरी साथीबाहेक अरुले ऊ न ऊ हातभरि गुहु हुनुपर्यो ।

पूरै देशले रुनुपर्यो । प्रचण्ड अझै फिल्म देखाउँछु भन्छन् । लीलामणिहरु होमा हो मिलाउँछन् । देशको दुर्भाग्य यही हो ।

प्रचण्डका सयौँ फिल्म नराम्ररी फ्लप भइसकेका छन् ।

उनी हिरो होइन, नेपाली राजनीतिका खलनायक सिद्ध भइसकेका छन् । केही कांग्रसीको बद्धिको बिर्को खुल्दा प्रचण्डलाई भारत–अमेरिकाले बचाउन सक्ने स्थिति अब रहेन । आफूलाई राजावादीको आरोप लाग्दै आएको तथ्यलाई केपी ओलीले मर्लक्कै भुलेर राजालाई गाली गरेको अवश्यै नहुन सक्छ । कसलाई कतिखेर उचाल्ने र कसलाई थचार्ने भारतीय प्रभुहरुकै डिजाइनमा यी सब भइरहेको नेपाली जनताले बुझेका छन् । कोशी प्रदेशको विवाद र योगी आदित्यनाथको हिन्दू राजाप्रतिको झुकाव संयोगमात्रै हुन सक्दैन ।

व्यंग्य नबुनेलाई व्यंग्य कुनै महत्वको हुँदैन तर सन्तोष पन्त, मनोज गजुरेल वा सुशील सिम्खडाको व्यँग्य नेतृत्वले बुझ पचाउँदै आएका छन् । मुक्तिदात्री, महिला नेतृहरुलाई अमरेश कुमारसिंहको व्यँग्यले केही चोट अवश्य पुगेको हुनुपर्छ ।

अरुलाई अध्यात्मको पाठ पढाउने टेकनारायण पाण्डेकी जोई रगतको आँसु खसाल्दै होलिन् । स्वास्नी फेर्ने बानीका मोहनविक्रम सिंहका चेला, संसदका भीष्म जस्ता चित्रबहादुर केसीले पनि चीरहरणको कथा सम्झे होलान् । पम्फा वा नैनकला, मञ्जु वा आरजुलाई डा. अमरेश कुमारसिंहले संसदमै द्रौपदीको चीरहरणको दृश्य देखाईदिए ।

मदन भण्डारी

साहित्यकार भण्डारी राजनीतिक क्षेत्रमा पनि विश्लेषणात्मक कलम चलाउँछन् 

तपाईको प्रतिक्रिया