शिवशक्तिमा ट्राफिक सचेतना

समाधान संवाददाता २०८० वैशाख २७ गते १४:२३

पोखरा ।
पोखराको शिवशक्ति माविमा ट्राफिक सचेतना आयोजना गरिएको छ । १ सय ६० औं विश्व रेडक्रस दिवसको अवसरमा सोमबार कक्षा ९ र १० का ६० विद्यार्थीलाई ट्राफिक नियम सिकाइएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीसँगको सहकार्यमा ट्राफिक सचेतना कार्यक्रम भएको शिक्षक नायक शर्मिला बराल सापकोटाले जानकारी दिइन् । प्रहरी हवल्दार शंकर अवस्थी र घनश्याम आचार्यले ट्राफिक नियमका बारेमा जानकारी गराएका थिए ।

युवा रेडक्रससर्कलका अध्यक्ष मोनिका बम्जनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जुनियर युवा समिति संयोजक रमेशराज भण्डारी लगायतले बोलेका थिए । दिवसको अवसरमा ब्याच वितरण, विद्यालय हातासहित समुदाय वरिपरि सरसफाइसमेत गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया