लिटल फ्लावर एकेडमीमा जुनियर रेडक्रस सर्कल

समाधान संवाददाता २०८० वैशाख २८ गते १३:११

लेखनाथ ।
पोखरा २७ मा रहेको लिटल फ्लावर एजुकेसनल एकेडेमीमा विश्व रेडक्रस दिवसको अवसर पारेर जुनियर रेडक्रस सर्कल पुनर्गठन गरिएको छ ।

रविना विकको अध्यक्षतामा सर्कल पुनर्गठन भएको हो । पुनर्गठित सर्कलको उपाध्यक्षमा सक्षम अधिकारी, सचिव सुदीक्षा सुनार, सहसचिव सुदीक्षा पौड्याल, कोषाध्यक्षमा सिर्जना विक र सहकोषाध्यक्षमा रिमिसा भण्डारी छन् ।

सदस्यमा शितल जिसी, अर्माली पौडेल, खुसी भण्डारी, भविन विक, विधान तामाङ, सुनिस्मा जोसी र निस्मा गुरुङ छन् । यस्तै, शिक्षक नायकमा आस्तिक पौडेल र सहनायक सिमन विक छानिएका छन् ।

Advertisement

सो अवसरमा निस्वार्थ भावनाले काम गर्न आग्रह गर्दैे विद्यालयका प्रिन्सिपल विकल पौडेल, अर्घौं उपशाखाका सचिव गोपालमणि लामिछने लगायतले सर्कलका पदाधिकारीलाई शुभकामना दिएका थिए । विद्यालमा सोमबार नै नवागन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया