नाटक सेमिनारमा १८ कार्यपत्र

समाधान संवाददाता २०८० वैशाख ३१ गते १२:१९

पोखरा ।
नेपाल नाट्य प्रतिष्ठान पोखराको आयोजनामा नेपाली नाटकः प्रथम अन्तर्राष्ट्रिय सेमिनार कार्यक्रम २०८० शनिबार सकिएको छ ।

सेमिनार नेपालका ८ र भारतका १० गरी १८ जना विषयविज्ञले कार्यपत्र पेश गरेको संस्थाका अध्यक्ष प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए ।

सेमिनारको समापन कार्यक्रममा नेपाली नाट्य क्षेत्रमा योगदान पु¥याएका प्राडा दयाराम श्रेष्ठ, ओममणि शर्मा नेपाल, सीपी शर्मा (सिक्किम भारत) र केबी नेपाली (असम भारत)लाई दोशल्ला ओढाएर सम्मानपत्र गरिएको छ ।

Advertisement

समारोहमा कार्यपत्र प्रस्तोतालाई समेत कदरपत्र प्रदान गरियो । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले कला, संस्कृति, परम्परा र साहित्य देशको परिचय र पहिचानसँग जोडिएको बताए । ‘नाटक साहित्य विधाको सशक्त र प्रभावकारी विधा हो,’ उनले भने, ‘नाटकले जनतालाई सचेत बनाउनुका साथै राज्यका निकायलाई ध्यानाकर्षण गर्छ ।’

उनले साहित्य समाजको ऐना भएको उल्लेख गरे । उनले नेपालबाहिर बस्ने नेपाली भाषीका नेपाली नाटकको प्रवद्र्धनमा योगदान रहेको बताए । नेपाली कांग्रेसका गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपाली भाषा, संस्कृति र साहित्य क्षेत्रले संसारको कुनै पनि क्षेत्रमा बस्ने नेपालीलाई एक ठाउँमा ल्याएको चर्चा गरे ।

Advertisement

नेपाल प्रज्ञा प्रतिष्ठानका सल्लाहकार एवं वरिष्ठ रंगकर्मी अशेष मल्लले नाटक सेमिनारबाट निस्केको निष्कर्ष हेरेर नाति पुस्ताले नेपाली नाटकप्रति गौरव गर्ने अवस्था आउने टिप्पणी गरे । नेपाल नाट्य प्रतिष्ठानका सल्लाहकार तथा साहित्यकार सरुभक्तले ओझेलमा परेको नाट्य विधाप्रति आम जनताका ध्यानाकर्षण गर्न सेमिनार सफल हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले प्रतिष्ठानले गण्डकी प्रदेशको कला संस्कृति र साहित्य क्षेत्रको विकासमा योगदान पु¥याएको बताए । नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका सदस्य कमलमणि नेपालले रंगमञ्चको इतिहासमा नाटक सेमिनारलाई उल्लेखनीय उपलब्धिको रुपमा लिन सकिने उल्लेख गरे ।

कार्यक्रममा निस्ट फाउन्डेसनका संस्थापक अध्यक्ष डा माधव बराल, नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका प्रवक्ता माधव बास्तोला ‘मधु’, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति केशरप्रसाद निर्दोषी, नेपाल नाट्य प्रतिष्ठान पोखराका उपाध्यक्ष डा अशोक थापा, सचिवहरु सुन्दर मानन्धर र राजेशकुमार घिमिरे, साहित्यकार मञ्जुला तामाङ, लगायतले नेपाली नाटकको क्षेत्रमा बोलेका थिए ।

पोखरा प्रज्ञा प्रतिष्ठानको मुख्य सहयोग र गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रवद्र्धनमा भएको सेमिनारमा नेपाल भारतका नाटक लेख्ने तथा निर्देशन गर्ने र नाटकघर सञ्चालन गर्नेहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया