पोखरा चौतारीमा सागर

समाधान संवाददाता २०८० वैशाख ३१ गते १५:४६

पोखरा ।

लायन्स क्लब अफ पोखरा चौतारीमा वर्ष २०२३/२४ अध्यक्षमा सागर ऐर निर्वाचित भएका छन् । क्लबको प्रथम उपाध्यक्ष परशुराम पौडेल, द्वितीय उपाध्यक्ष उत्तम केसी, तृतीय उपाध्यक्ष रामचन्द्र अधिकारी, सचिवमा विनय आचार्य, कोषाध्यक्षमा केवल गिरी र मार्केटिङ प्रमुखमा किरण सापकोटा छन् ।

निर्वाचन प्रोग्राम कोडिनेटर पुरशोत्तम पराजुलीले क्लबले लायन्सको अन्तर्राष्ट्रिय मर्म अनुरुप सामाजिक क्षेत्रमा योगदान गरेको जनाए । क्लबका अध्यक्ष गुरुप्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया