आमा समूहस्तरीय हाजिरीजवाफ

समाधान संवाददाता २०८० वैशाख ३१ गते १५:५७

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १९ मा महिला समूहका बीच हाजिरीजवाफ प्रतियोगिता भएको छ । सामाजिक विकास महाशाखाको आर्थिक सहयोग, वडा नं १९ को समन्वयमा र सम्झना आमा समूह तल्लाडाँडाको आयोजनामा प्रतियोगिता भएको हो ।

प्रतियोगितामा सृजनशील आमा समूह (डाँडागाम) प्रथम , जनजागृति आमा समूह ( तल्लाकोट ठाँटी) द्वितीय र चारघरे जागृति आमा समूह (चारघरे) तृतीय बने । जुनेली आमा समूह ( गोस्ते) सान्त्वना बन्यो । विजयी टिमलाई क्रमशः नगद ४ हजार, ३ हजार, २ हजार र १ हजार प्रदान गरिएको छ ।

पोखरा १९ का वडा सदस्य विकासकुमार आचार्यले विजयी टिमलाई नगद पुरस्कार वितरण गरे । प्रतियोगितामा १० टिम सहभागी थिए ।

Advertisement

समूहका अध्यक्ष जमुना बास्तोलाको अघ्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य दुर्गादेवी बस्नेत, विन्ध्येश्वरी माविका प्राध्यानाध्यापक श्रीराम आचार्य, भारती भवनकी शिक्षक सृजना खनाल, डाँडाचारघरे साकोस अघ्यक्ष तुलसी बास्तोला, समाजसेवी ऋृषिराम बास्तोला र बुद्धिकला बास्तोलाले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया