जन्मदिनमा विद्यालयलाई शैक्षिक सामग्री सहयोग

समाधान संवाददाता २०८० जेठ १ गते १२:४१

गलकोट ।
गलकोट नगरपालिका १० पाण्डवखानीमा रहेको पाण्डवखानी आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थममाया पुन काउचाले आफ्नो जन्मदिनमा विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेकी हुन् ।

काउचाले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा विद्यार्थीलाई थोरै भएपनि हौसला प्रदान गर्न सहयोग गरेको बताइन् । सरकारले शिक्षा क्षेत्रमा जति लगानी गरेपनि उपलब्धि मुलक हुन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरिन् । समुचित क्षेत्रमा लगानी गरि राम्रो परिणाम निकाल्न सम्बन्धित सबैले चासो र चिन्तन गर्न जरुरी रहेको काउचाले औंल्याइन् ।

Advertisement

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि शिक्षक, व्यवस्थापन समिति र अभिभावकको त्रिपक्षीय भुमिका महत्त्वपूर्ण हुन्छ र शैक्षिक गुणस्तरमा सुधार ल्याउन सके निजी विद्यालयको मोह स्वत घटेर सामुदायिक विद्यालयमा आकर्षण बद्छ र राज्यको लगानीले सार्थकता पाउनेछ ।

विद्यालयमा बाल कक्षा देखि कक्षा ५ सम्म ६५ जना विद्यार्थी अध्ययनरत छन् । यसै शैक्षिक सत्रदेखि बालकक्षा सञ्चालनका लागि नगरपालिकाले सिफारिस गरेको छ । विद्यालयले प्रेरणादायी कामको सम्मान गर्दै अध्यक्ष काउचालाई जन्मदिनको शुभकामना सहित धन्यवाद दिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया