महेन्द्र मावि भलाममा खानेपानी टंकी

समाधान संवाददाता २०८० जेठ १ गते १७:२४

पोखरा ।
लायन्स क्लब पोखरा दर्पण र लायन्स क्लब पोखरा अन्नपूर्णको संयोजकत्वमा बेलायतका हर्वाे विद्यालयको २ लाख रुपैयाँ सहयोगमा पोखरा २० भलामको महेन्द्र उच्च माध्यमिक विद्यालयमा १० हजार लिटरको खानेपानी टंकी निर्माण भएको छ ।

लायन्स क्लब इन्टरनेसनल ३२५ एल का डिस्ट्रिक गभर्नर परमेश्वर बराल इलेक्टले उक्त टंकको उद्घाटन गरे ।

खानेपानी परियोजनाका निर्देशक सोनाम साम्पोले हालसम्म ४१ वटा विद्यालयमा टंकी निर्माण भएको जानकारी दिए ।

Advertisement

एओजी चिफ अमृत बरालले लायन्स क्लब अन्नपूर्णसँग सहकार्यमा खानेपानी टंकी निर्माण भएकामा धन्यवाद दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर क्षेत्रीले लायन्स क्लब सेवामा सपर्पित संस्था रहेको बताए । लायन्स क्लब पोखरा अन्नपूर्ण प्रथम उपाध्यक्ष गणेश छवि इलेक्ट विभिन्न क्लबसँगको सहकार्यले सम्बन्धलाई अझ मजबुत हुने बताए ।

विद्यालय प्रधानध्यापक बोधराज पौडेलले विद्यालयलाई सहयोग गरेकामा धन्यवाद दिए । स्थानीय जनप्रतिनिधि गन्जमान गुरुङले लायन्स क्लबको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे । कार्यक्रममा स्वागत भाषण बिजेन्द्र शर्मा पौडेल र सञ्चालन रमेश सापकोटाले गरेका थिए । लायन्स क्लब पोखरा दर्पणका अध्यक्ष राममणि पौडेलको सभापतित्वमा कार्यक्रम भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया