चाइल्ड स्टारको उपाधि विल्शन र सायनालाई

समाधान संवाददाता २०८० जेठ २ गते ११:५६

पोखरा ।
नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा भएको पहिलो पोखरा चाइल्ड स्टारको उपाधि विल्शन ठकुरी र सायना श्रेष्ठ जितेका छन् । विल्शन शिशु निकेतनका विद्यार्थी हुन् । सायना कुश्माकी हुन् । तीन हप्ताको विभिन्न तालिमपछि शनिबार पोखराको उद्योग वाणिज्य संघको हलमा ग्राण्ड फाइनल भएको थियो । उक्त कार्यक्रममा १२ जनाको सहभागिता थियो ।

पोखरा चाइल्ड स्टार बालकतर्फ फस्र्ट रनर अप कान्तिपुर एकेडेमीका प्रनिश सिंह भण्डारी, सेकेन्ड रनर अप लावि रेसिडेन्टलका प्रविश गुरुङ, थर्ड रनर अप प्राञ्जल पोखरेल, फोर्थ रनर अप मदरल्यान्डका श्रीयान पोखरेल हुन सफल भए ।

बालिकातर्फ फस्ट रनर अपमा हिमाञ्चल बार्डिङकी स्वस्तिका शर्मा, सेकेन्ड रनर अपमा मदरल्यान्डकी अदिती पौडेल, थर्ड रनरअप कुमुदिनी होम्सकी सरगम क्षेत्री र फोर्थ रनर अप मदरल्यान्डकी आरोही आचार्य भए । मोस्ट इन्टलएक्चुल अवार्ड गण्डकी बोर्डिङ स्कुलकी आलिया सिटौला र मिस एन्जल टाइटलको उपाधि कुमुदिनी होम्सकी अल्जिना सिटौलाले हात पारेका थिए । वेस्ट फादर अवार्डद्वारा निमेस सिटौला सम्मानित भए ।

Advertisement

उक्त कार्यक्रममा क्राउन र अवार्ड, मिस पोखरा २०१८ विजेता सारा बजिमय, समाजसेवि माया गुरुङ, साहित्यकार चन्द्रावती वाग्ले, फेसन डिजानर एवं मोडल रोशनी छिनाल, सञ्चारकर्मी आर्जु बिष्ट सल्यानी र प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेलले प्रदान गरेका थिए । पोखरा चाइल्ड स्टारको कोरियोग्रफर रक्षा कुँवर थिइन् । गण्डकी प्रदेश तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेलले प्रतियोगिताले पोखराका बालबालिकामा रहेको प्रतिभाको खोजी गर्न सहयोग पुगेको बताए ।

यसअघि कार्यक्रममा सहभागीहरुलाई सार्थक अधिकारीले स्वागत गरेका थिए । शुभकामना मन्तव्य गीता पाण्डे, शारदा रेग्मी, सफल देवकोटाले दिएका थिए । कार्यक्रमको निर्देशकमा कमलराज खनाल थिए । कार्यक्रमको मुख्य प्रयोजक इन्टरनेसनल कलेज अफ अप्लाइड साइन्स थियो । कार्यक्रम सञ्चालन कार्यक्रम निर्देशक रोशन गुरुङ र सञ्चारकर्मी देवेन्द्र शाहीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया