डकुमेन्ट्री प्रर्दशन हुने

समाधान संवाददाता २०८० जेठ २ गते १२:२६

कास्की ।
चित्रेभन्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीको आयोजनामा सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीद्वारा निर्देशित डकुमेन्ट्रीहरु पोखरामा प्रदर्शन गरिने भएको छ । डकुमेन्ट्रीहरु आगामी शनिबार पोखरा थिएटर, गैह्रापाटनमा प्रदर्शन गरिने मञ्चका अध्यक्ष वुद्घिराम लम्सालले जानकारी दिए ।

सिञ्जालीद्घारा निर्देशित कृष्णचरित्र, ठाडोभाका, भैरमथानको यात्रा, बाजेबज्यै पूजा, तलु, रेडियो नेपाल पोखराको परिचय लगायतका डकुमेन्ट्री तथा भिडियो प्रर्दशन गर्न लागिएको चित्रेभन्ज्याङ पोखरा सम्पर्क मञ्च कास्की सचिव रुद्रसन्देश मगरले जानकारी दिए ।

मौलिक संस्कार, संस्कृति संरक्षणका लागि डकुमेन्ट्री प्रर्दशन गर्ने लागिएको उनको भनाइ छ । चर्चित कलाकारको गायन तथा नृत्य प्रस्तुति र चित्रेभन्याङको मौलिक कौराहासमेत प्रर्दशन हुने उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया