स्वास्थ्यकर्मी संघ गण्डकीका अध्यक्ष बरालकाे निधन

समाधान संवाददाता २०८० जेठ २ गते १८:२५

पाेखरा ।

नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेश अध्यक्ष नारायण बरालको निधन भएकाे छ । उनी काठमाण्डाैंकाे ह्यम्स अस्पतालमा उपचारार्थ भर्ना भएका थिए । गण्डकी अस्पताल भनेर चिनिने पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत बराल निकै सहयाेगी र सरल स्वभावका थिए ।

हिजाे साेमबार विहान पाेखरा स्थित आफ्नै निबासकाे बाथरुममा ढलेपछि बहाेस भएका बराललाई हाेसमा ल्याउने चिकित्सककाे प्रयास असफल भएकाे छ ।

Advertisement

बाथरुममा बेहाेस अवस्थामा भेटिएका उनलाई आफन्तले पश्चिमान्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका थिए । त्यहा उपचार सम्भव नभएपछि तत्कालै हेलिकाेप्टरबाट काठमाण्डाैं लगिएकाे थियाे ।

उनकाे मृत्युकाे पुष्टी गर्दै गण्डकी प्रदेश सभा सदस्य विन्दु थापाले सामाजिक सन्जाल माफर्त श्रद्धान्जली दिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया