पब्लिक क्याम्पस संघ कास्कीमा सुरेश

समाधान संवाददाता २०८० जेठ ३ गते १०:५९

पोखरा ।
पब्लिक क्याम्पस संघ कास्कीको साधारण सभा तथा तेस्रो अधिवेशन मंगलबार भएको छ । उक्त सभाले कन्या क्याम्पस पोखराको क्याम्पस प्रमुख सुरेशकुमार मानन्धरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

उपाध्यक्षमा पोखरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शिशुकला पराजुली, सचिवमा गुप्तेश्वर बहुमुखी क्याम्पसका प्राध्यापक प्रतिनिधि मोहन भण्डारी, सहसचिवमा जनप्रकाश बहुमुखी क्याम्पसका युवराज लामिछाने, सदस्यमा गौरीशंकर बहुमुखी क्याम्पसका देवकृष्ण पौडेल चयन भएका छन् ।

संघको कार्यसमिति अध्यक्ष तथा गण्डकी प्रदेशको अध्यक्ष ऋषिराम बुढाथोकीको सभाध्यक्षतामा सम्पन्न उक्त अधिवेशनमा प्रमुख आतिथ्यता कन्या क्याम्पस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र प्रधान रहेका थिए ।

Advertisement

प्रधानले मन्तव्य राख्दै सबै क्याम्पसहरुको सिक्ने र सिकाउने मनसाय भएमा सजिलै प्रगति गर्न सकिने भएको बताए ।

कार्यक्रममा जनप्रिय बहुमुखी क्याम्पसका व्यवस्थापन समिति अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, जनप्रकाश बहुमुखी क्याम्पसका अध्यक्ष विजय राजभण्डारी, नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय उपाध्यक्ष तथा जनप्रिय क्याम्पस पोखराका क्याम्पस प्रमुख लोकराज भण्डारी, कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख वीरन्जी गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया