मुस्ताङमा हाईअल्टिच्युडले ६ महिनामा १० पर्यटकको मृत्यु

सुन्दरकुमार थकाली २०८० जेठ ३ गते १६:३६

जोमसोम ।
हिमाली जिल्ला मुस्ताङ भ्रमणमा आएका विदेशी पर्यटक मध्ये ६ महिनाको अवधिमा १० जनाको मृत्यु भईसकेको छ । चालु वर्षको मंसिर देखि वैशाखको पहिलो हप्तासम्म १० जना विदेशी पर्यटकले हाईअल्टिच्युडले मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

समुन्द्री सतहको ३ हजार मिटरको उच्चउचाईमा मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई हाईअल्टिच्युडको समस्या देखिने गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए । प्रहरी स्रोतका अनुसार हाईअल्टिच्युडले मृत्यु हुनेमा अधिकाँश ४० वर्ष नाघेका पर्यटक रहेको बताइएको छ ।

चिसो भूगोलमा मुक्तिनाथ दर्शन तथा घुम्न आउने पर्यटकले आवश्यक स्वास्थ्य सजगता अपनाउँन नसक्दा अल्ट्रिच्युडले मृत्यु हुने समस्या रहेको प्रहरी नायव उपरीक्षक पौडेलको भनाई छ । स्वास्थ्य अवस्था कमजोर भएका ,उमेर कटेका जेष्ठ नागरिक र दीर्घ रोग भएका बिरामी होल्डिङ नगरी मुस्ताङको उच्च उचाईको क्षेत्रमा आउँदा यसप्रकारको समस्या देखिने गरेको प्रहरी नायव उपरीक पौडेलले उल्लेख गरे ।

Advertisement

चालु वर्षको मंसिर २ गते मनाङबाट तिलिचो ताल हुँदै मुस्ताङ आउने क्रममा घरपझोङ—५ मा पर्ने मेसोकोन्दो हिमालको पहाडमा हाईअल्टिच्युडका कारण थाईल्याण्डका पर्यटक ४९ वर्षीया रटाया फिलायासुजी र ३७ वर्षीया पेनी आरानयुएमको मृत्यु भयो ।

चैत्र ४ गते मुक्तिनाथ क्षेत्रमा रुकुमपूर्व पुथा उत्तरगंगा गापा वडा—६ का सतलाल बुढाको मृत्यु ।चैत्र १७ गते मुक्तिनाथ दर्शन गर्न आएका भारत उत्तर प्रदेशका ४८ वर्षीय सहदेव (साँधु)को मृत्यु भयो भने सोहीदिन भारत तेलेङगाना भवनीनगर हैदरवादका ६१ वर्षीया रुपा थाङ्गेलाको हाईअल्टिच्युडले मृत्यु भयो ।

Advertisement

यसैगरी चैत महिनाको १८ गतेमा ६४ वर्षीय भारतीय नागरिक बुङगा मुरलीको अल्टिच्युडले मृत्यु भयो भने चैत्र २२ गतेमा भारत कर्नाटकका ६९ वर्षीय आर जागाराजको मृत्यु भयो । प्रहरीको रिपोर्ट अनुसार चालु वर्षको चैत्र महिनामै ५ जना भारतीय पर्यटकले अल्टिच्युडले ज्यान गुमाए ।

वैशाख महिनाको ६ गते भारत कडारी राजेन्द्र नगरका ६९ वषीया रिता मेहोरोत्राले जोमसोमको एक होटलमा बस्दा अल्टिच्युडले ज्यान गुमाईन् भने सोहीदिन धादिङ जिल्ला निलकण्ठ नपाका ४२ वर्षीय कपिल ठकुरीको पनि अल्टिच्युडले मृत्यु भएको प्रहरीको रिपोर्टमा उल्लेख छ ।

८ गते भारत गान्धीनगर आन्द्रा प्रदेशका ६६ वर्षीय मदुल्ला लक्ष्मी नरंिसम्हा राओकोको हाईअल्टिच्युडले श्वाशप्रश्वासमा समस्या हुँदा मृत्यु भयो ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया