बजाज किन्दा बद्रीलाई १ किलो चाँदी

समाधान संवाददाता २०८० जेठ ४ गते १०:५२

पोखरा ।
पोखराको बजाज सोरुमबाट मोटरसाइकल किनेका हेमजा ग्राहकले १ केजी चाँदी पाएका छन् । हेमजाका बद्री पौडेललाई बजाजको १ सय १५ सिसीको पल्सर बाइक किन्दा १ केजी चाँदी चिट्ठा परेको हो ।

पोखरामा बजाजको आधिकारिक बिक्रेता इच्छाशक्ति अटोमोबाइलले नयाँ वर्षको अवसरमा ग्राहकलाई बम्पर उपहार योजना ल्याएको थियो । पौडेलले कोरियाबाट फर्केर वर्ष नयाँ वर्षको बम्पर अफरमा बाइक किनेका थिए । बुधबार उनलाई उपहार प्रदान गरिएको छ ।

पौडेललाई इच्छाशक्ति अटोमोवाइलका अध्यक्ष इच्छामान बुद्धाचार्यले उपहार हस्तान्तरण गरे । बुद्धाचार्यले बजाजले ग्राहलाई लक्षित गरी स्किमहरु ल्याउने गरेको सुनाए । ‘बजाजले नयाँ वर्षका साथै चार्डपर्वका बेला बाइक खरिद गर्दा क्यास डिस्काउन्टदेखि अनेक उपहार ल्याइरहेको छ । धेरै ग्राहकले यसबाट फाइदा पनि लिनुभएको छ,’ उनी भन्छन् ।

Advertisement

इच्छाशक्ति खोलेको ३० वर्ष पुगेको अवसरमा उपहार वितरण गर्न पाउँदा हर्षित भएको उनले जनाए । ‘आजकै दिन २९ वर्षअघि यो संस्थाको जन्म हो । ग्राहक वर्गको माया र साथले आज बजाज यो स्थानमा छ,’ बुद्धाचार्य भन्छन् ।

बजाजको १ सय २५ सिसीको बाइक खरिद गर्दा स्यामसुङको फ्रिज सित्तैमा दिने अफर जारी रहेको सोरुमका एचआर म्यानेजर भगवान बिजुक्छेले जानकारी दिए । यो अफरमा १० हजार क्यास डिस्काउन्ट, हेल्मेट, लेगाड, १ वर्षको कर, ५ वर्षको इन्जिन ग्यारेन्टी र ७ पटक सर्मिसिङ फ्रि अफरसमेत समावेश छन् । यो अफर अन्तर्गत ५० प्रतिशत डाउन्ड पेमेन्ट गर्दा ६.९९ प्रतिशत ब्याजदर १८ महिनाको किस्तामा बाइक किन्न सकिन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया