गीता अध्ययन प्रतिष्ठानकाे पञ्चांग प्रशिक्षण

समाधान संवाददाता २०८० जेठ ४ गते ११:३३

पाेखरा ।
गीता अध्ययन प्रतिष्ठान पोखराले भर्चुअल पञ्चांग प्रशिक्षण कार्यक्रम गरेको छ । पञ्चांग (पात्रो) हेर्दा हुने दुविधालाई न्यूनिकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको प्रशिक्षक सह–प्राध्यापक ज्योतिष दिनानाथ पण्डितले जानकारी दिए ।

ज्योतिष शास्त्रको संरक्षण गर्नु, पञ्चांगमा भएका विषयवस्तुका बारेमा जानकारी दिनु, चाडपर्व, व्रत, नक्षत्र, तिथिहरुका बारेमा जानकारी हुन आवश्यक भएकाले पनि यो प्रशिक्षण फलदायी हुने विश्वास गरिएको प्रशिक्षक सहप्राध्यापक पण्डितको भनाई छ ।

जेठ २ गतेबाट भएको कार्यक्रममा देश विदेशबाट प्रशिक्षार्थीहरु सहभागी थिए ।

Advertisement

ज्योतिष अनुरागीहरुमा एकरुपता ल्याउन कार्यक्रम गरिएको बताउँदै हरेक बुधबार र शनिवार नियमित रुपमा गीताको वाचन र प्रशिक्षण गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष दुर्गा न्यौपानेले बताइन् ।

पञ्चांग सम्बन्धि साथै ज्योतिष विधाको महत्व र आवश्यकताका बारेमा बुझ्ने अवसर पाएको भन्दै प्रशिक्षण प्रभावकारी रहेको प्रशिक्षार्थीहरुको भनाइ छ ।

Advertisement

प्रशिक्षक पण्डितका धार्मिक कर्मकाण्ड र ज्योतिषसँग सम्बन्धित ४ दर्जन बढि पुस्तकहरु प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया