प्रभाको ‘आमा २’ बजारमा

समाधान संवाददाता २०८० जेठ ४ गते ११:४६

पोखरा ।
प्रभा पौडेल सुवेदीको कृति आमा २ बजारमा आएको छ । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले बुधबार कृति सार्वजनिक गरेका हुन् ।

प्रदेशसभा सदस्य बरालले जीवनकालभरि परिवार, समाज र राष्ट्रका लागि योगदान दिएका आमाबुवाको ज्ञान सीप र अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय ज्येष्ठ नागरिकलाई वृद्धाश्रम पठाउने क्रम बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गरे ।

कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले नैतिक शिक्षाको अभावमा माज विकृत हुँदै गएको तर्क गरे । संसारको बहुमुल्य ज्ञान आमाबाटै प्राप्त हुने भन्दै उनले आमाको महिमा अपरम्पार रहेको जनाए ।

Advertisement

लेखक दुर्गा अधिकारीले आमाको महत्व शब्दमा व्यक्त गर्न नसकिने जनाइन् । उनले सामान्य लेखपढ गर्न सक्ने व्यक्तिले पनि सजिलै बुझन सकून् भन्ने उदेश्यले पुस्तकलाई सरल भाषा र शब्दमा लेखिएको उल्लेख गरिन् ।

नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले सन्तानको सबैभन्दा नजिकको साथी आमा हुने अनुभव साटिन् । पुस्तकका प्रकाशक प्रभा पौडेल सुवेदीले आमाको ८१ औं जन्मोत्सवमा आमाले प्रदान गरेका ज्ञान, शिक्षा, वंश, शाखा सन्तानबारे जानकारी दिने उद्देश्यले पुस्तक प्रकाशन गरेको जनाइन् ।

Advertisement

ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय पार्दी शाखाकी प्रमुख अप्सराले मानिसको भौतिक सुख प्राप्तिका लागि दौडधूपका कारणले समाजमा अशान्ति बढेको तर्क गरिन् । प्रकाशकका बुवा नेत्रविलास शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रकाशककी आमा इन्दिरा शर्माले कविता सुनाएकी थिइन् ।

तपाईको प्रतिक्रिया