पोखरामा नगर बसको ठक्करबाट मृत्यु

समाधान संवाददाता २०८० जेठ ४ गते २१:२४

पोखरा
पोखरामा नगर बसले ठक्कर दिँदा स्कुटरमा सवार पुरुषको मृत्यु भएको छ । छोरेपाटनबाट विश्व शान्ति स्तूपतर्फ जाँदै गरेको ग १ ख ३२८७ नम्बरको नगरबसले ग २३ प ३६८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार पोखरा महानगरपालिका २५ हेमजाका ४६ वर्षीय तुलसीप्रसाद त्रिपाठीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
घाइते भएका त्रिपाठीलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको डिएसपी विकले बताए ।
स्कुटरमा सवार पोखरा ५ मालेपाटनका २२ वर्षीय शिशिर त्रिपाठी घाइते छन् । खुट्टा र टाउकोमा चोट लागेका त्रिपाठीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया