पोखरामा भोलि मिस्टर नेपालको अडिसन

समाधान संवाददाता २०८० जेठ ५ गते ११:३८

पोखरा ।
मिस्टर नेपालको गण्डकी प्रदेश अडिसन शनिबार हुने भएको छ । १५ औं संस्करणको मिस्टर नेपालका लागि यसपटक क्षेत्रीय अडिसन गर्न लागिएको हो ।

पोखरा अडिसन चिप्लेडुंगा स्थित क्लाउड नाइन रेस्ट्रोमा आयोजना गरिएको मिस्टर नेपालको गण्डकी प्रदेश निर्देशक आशीष पुरीले जानकारी दिए । अडिसनमा कास्कीसहित छिमेकी जिल्ला स्याङजा, तनहुँ, गोर्खा, बागलुङबाट पनि सहभागी हुनेछन् ।

पोखरा अडिसनबाट १० देखि १५ जना छनोट गरिने र उनीहरुले फेरि काठमाडौंमा अडिसन दिनेछन् । देशभरका अडिसनबाट छनौट भएकाबीच काठमाडौंमा फेरि अडिसन हुनेछन् । जहाँबाट २५ जना छनोट हुने छन् । उनीहरुलाई एक महिना प्रशिक्षण दिइनेछ ।

Advertisement

प्रशिक्षणपछि काठमाडौंमा ग्राण्ड फिनाले हुनेछ । पोखराबाहेक बुटवल, चितवन, दमक र विराटनगरमा अडिसन भइसकेको छ । मिस्टर नेपालका विजेताले ५ लाख बराबरको पुरस्कार प्राप्त गर्ने छन् ।

मिस्टर नेपालले मिस्टर वल्डमा सहभागी हुने अवसर प्राप्त गर्ने छन् भने फस्ट रनर अपले मिस्टर ग्लोबक तथा सेकेन्ड रनरअपले मिस्टर टुरिजममा सहभागी हुने अवसर प्राप्त पाउनेछन् । मिस्टर नेपाल सन् २००२ देखि आयोजना हुँदै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया