अभिभावक शिक्षा तालिम

समाधान संवाददाता २०८० जेठ ५ गते १२:२८

पोखरा ।
बाल विकास सहजकर्ताका लागि ३ दिने अभिभावक शिक्षा तालिम आयोजना गरिएको छ । गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपाल, कास्कीले एकीकृत सामुदायिक विकास परियोजनाको आयोजनामा कार्यक्रम भएको हो ।

सोमबारदेखि बुधबारसम्म चलेको तालिममा सेतो गुँरास बाल विकास केन्द्र बागलुङकी सहजकर्ता पम्फा खड्काले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा मादी गाउँपालिकाबाट १२, माछापुच्छ्रे गाउँपालिकाबाट ३ र अन्नपूर्ण गाउँपालिकाबाट ५ गरी २० बाल विकास केन्द्रका सहजकर्ताको सहभागिता थियो ।

प्रारम्भिक बालविकासमा अभिभावक शिक्षाको आवश्यकता तथा महत्व, प्रारम्भिक बालबाविकासमा खेलको महत्व, स्थानीय सिकाइ सामग्रीको उपयोग, सिकाइ सहजीकरण, असल अभिभावकीय सीप, घरमा आधारित सिकाइ क्रियाकलाप जस्ता विषयवस्तु तालिममा सिकाइएको छ ।

Advertisement

तालिमको समापनमा मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले प्रारम्भिक बालविकास सहजकर्ताको बालबालिकाको सर्वांगिण विकासमा अहम भूमिका हुने बताए । गुड नेबर्स इन्टरनेसनल नेपाल कास्की र पर्वत जिल्लाका परियोजना संयोजक मनकुमार राईले तालिमपश्चात प्रशिक्षार्थीले सीपलाई व्यवहारमा उतार्ने अपेक्षा गरे ।

Advertisement

तपाईको प्रतिक्रिया