समग्र ट्रेड युनियनमा धीरज

समाधान संवाददाता २०८० जेठ ५ गते १२:४२

पोखरा ।
समग्र उद्योग ट्रेड युनियन नेपाल पोखरा नुडल्स् प्रतिष्ठानको चौथो अधिवेशन भएको छ ।

अधिवेशनले धीरज गुरुङको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्यीय कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्ष मोती पोखरेल, सचिव जीवन बराम र कोषाध्यक्ष चन्द्रा रानाभाट रहेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए ।

प्रतिष्ठानको कार्यसमितिको सदस्यमा सीता सापकोटा, शारदा बढुवाल, कल्पना राई, जमुना थापा, चेतमाया थापा र दीपक दाहाल छन् । जिफन्ट गण्डकी प्रदेश कमिटी अध्यक्ष खत्रीले उद्घाटन गरेको अधिवेशनमा समग्र उद्योग ट्रेड युनियन नेपालका केन्द्रीय सदस्य गोमा कार्कीले श्रमिकको सवालमा बोलेकी थिइन् । ‘जीवन उपयोगी ज्याला, मर्यादित रोजगार, सामाजिक सुरक्षा, श्रमिकको अधिकार’ भन्ने नाराका साथ अधिवेशन भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया