पाण्डवखानी स्वास्थ्य चौकीमा अभिमुखिकरण तथा फलोअप कार्यक्रम

समाधान संवाददाता २०८० जेठ ५ गते १३:१३

गलकोट ।
पाण्डवखानी स्वास्थ्य चौकीको न्युनतम सेवा मापदण्डको मुल्यांकन गर्न अभिमुखिकरण तथा फलोअप कार्यक्रम भएको छ।

गलकोट नगरपालिका नगर कार्यपालिको कार्यालय र नगर स्वास्थ शाखाको आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्ड, संस्थाको महत्व र यसले दिने सेवाका बारेमा कार्य योजना तयार तथा छलफल गरिएको थियो ।

Advertisement

कार्यक्रममा समितिका अध्यक्ष एवम वडा नम्बर १० का वडाध्यक्ष भक्तबहादुर काउचा, गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अतिकृत गंगाबहादुर भुझेल उपस्थित थिए ।

कार्यक्रमलाई नगर स्वास्थ शाखाका प्रमुख सुशील पौड्याल र ग्रामीण स्वास्थ सुधार परियोजना र फेयर मिड का सुपरभाइजर रामेश्वर शाहले सहजिकरण गरेका हुन् ।

Advertisement

लन्डनमा कार्यरत रितादेवि पुनले स्वास्थ्य चौकीलाइ साढे २३ हजार बराबरको २ बेन्च, १ फिल्डर, १ हस्पोट डर्मस र प्रेम श्रीसले ५ हजार बराबरको ७ वटा कुर्ची सहयोग गरेको स्वास्थ्य चौकीका प्रमुख रत्ना सुनारले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया