गणतन्त्र दिवसदेखि रत्न मन्दिर सर्वसाधारणलाई खुला हुने

समाधान संवाददाता २०८० जेठ ६ गते १४:२४

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडस्थित रत्न मन्दिर आगामी गणतन्त्र दिवसका दिनदेखि खुला गरिने भएको छ । यो निकै लामो समयको प्रयास पश्चात सर्वसाधारणका लागि खुला गर्न लागिएको हो ।

रत्न मन्दिर सर्वसाधारणहरूका लागि कौतुहलताको विषय पनि हो । यसलाई तत्कालीन समयमा राजाहरूले पोखरा आउँदा विश्राम गर्ने थलोका रूपमा प्रयोग गर्ने गरेका र सर्वसाधारणहरूको सहज पहुँच बन्देज गरिएका कारण यस प्रति उनीहरूको कौतुहलता बढेको हो ।

Advertisement

रत्न मन्दिरको खुलापनले पोखराको पर्यटन प्रवद्र्धन र पर्यटकहरूको बसाइ लम्ब्याउन ठुलो योगदान पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विश्वास व्यक्त गरे ।

Advertisement

तपाईको प्रतिक्रिया