रत्न मन्दिर १५ गतेबाट खुला

समाधान संवाददाता २०८० जेठ ७ गते ११:१४

पोखरा ।
पोखराको लेकसाइडमा रहेका रत्न मन्दिर र हिमा गृह सर्वसाधारणका लागि खुला गरिने भएका छन् । आगामी जेठ १५ अर्थात् गणतन्त्र दिवसको अवसरमा यी सम्पदा सर्वसाधारणका लागि खुला हुने भएका हुन् ।

रत्न मन्दिर पूर्व राजपरिवारका सदस्य पोखरा आउँदा बस्ने आवास हो । राजतन्त्र हटेको डेढ दशकपछि बल्ल रत्न मन्दिर खुला गर्न लागिएको हो । यसको स्वामित्व नेपाल ट्रस्टमा आए पनि अहिलेसम्म यो सर्वसाधारणको पहुँचमा छैन ।

पोखराका स्थानीय र पर्यटन व्यवसायीले यी सम्पदा सर्वसाधारणका लागि खुला गर्न बारम्बार माग गर्दै आएका थिए । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रत्नमन्दिरको अवलोकन गरेका छन् । उनले गणतन्त्र दिवसको अवसर पारेर मन्दिर खुला गरिने जनाए । रत्नमन्दिर परिसर पर्यटकहरूका लागि पनि नयाँ गन्तव्य बन्ने विश्वास मुख्यमन्त्री पाण्डेले व्यक्त गरे ।

Advertisement

मन्दिर परिसर सर्वसाधारणका लागि खुला हुने भए पनि मुख्य भाग भने भर्खरै खुला नहुने भएको छ । यसको मुख्य भवनमा ११ कोठा छन् । नेपाल ट्रष्टको नाममा कास्कीमा १ सय ७४ रोपनी जग्गा छ ।

Advertisement

तपाईको प्रतिक्रिया