बासु मिश्रको नेतृत्वमा प्रेस युनियन

समाधान संवाददाता २०८० जेठ ९ गते ११:४४

पोखरा ।
पत्रकार बासुदेव मिश्र नेपाल प्रेस युनियन कास्कीको अध्यक्ष निर्वाचित भएका छन् । संघको सोमबार पोखरामा भएको १० औं अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

उपाध्यक्ष (खुला) विजय लम्साल, उपाध्यक्ष (महिला) ज्योति हमाल, सचिव धनबहादुर गुरुङ ‘सुमन’ निर्वाचित भएका छन् । सहसचिव सपना अधिकारी र कोषाध्यक्ष नीराजन अधिकारी चुनिएका छन् ।

सदस्यमा अजय क्षेत्री, विवेक ढुंगाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिव प्रसाद न्यौपाने, अभिनन्दन वजिमय, प्रवीण थापा, प्रतिभा सापकोटा, बलबहादुर रोका मगर, देविका तामाङ र सविन विक छन् ।

Advertisement

तपाईको प्रतिक्रिया