धिमे बाजा प्रशिक्षण सकियो

समाधान संवाददाता २०८० जेठ १५ गते ११:२९

लेखनाथ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजना एवं शिशुवा नेवा खलःको सहकार्यमा पोखरा ३० शिशुवामा भएको १ महिने धिमे बाजा प्रशिक्षण शनिबार सकिएको छ । कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव हेमराज सुवेदीले कला, संस्कृतिको जर्गेना गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताए । उनले तालिममा सिकेका सीपलाई व्यवहारमा उर्तान आग्रह गरे ।

नेवा खलः कास्की अध्यक्ष अशोक पालिखेले सिकेको सीपलाई निरन्तरता दिंदै संस्कार र संस्कृतिको संरक्षणमा लाग्न सुझाए । कार्यक्रममा

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, वडा नं. ३० का सदस्य विनोदप्रसाद लामिछाने, लेखनाथ नेवा खलका निवर्तमान अध्यक्ष प्रेम लिगल, नेवा मिसा पुच अध्यक्ष संगिता बज्राचार्य, लेखनाथ नेवा खलका द्वितीय उपाध्यक्ष प्रकाशलाल श्रेष्ठ, प्रशिक्षार्थीको तर्फबाट पोखरा ३० की स्नेहा श्रेष्ठ लगायतले बोलेका थिए ।

Advertisement

तालिममा ५० जना सहभागी थिए । नेवा ल्याह्म पुच कास्की अध्यक्ष मधुसुदन जोशीले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । संस्थाका अध्यक्ष अर्जुनकुमार ताम्राकारको अध्यक्षतामा कार्यक्रम भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया