सेतीकाली सार्वजनिक

समाधान संवाददाता २०८० जेठ १५ गते १२:४०

भीमाद ।
सेतीकाली साहित्य संगम भिमादले नव वर्षको अवसरमा प्रकाशन गरेको सेतीकाली साहित्य यात्रा सार्वजनिक गरिएको छ ।

गीतल प्रतिष्ठान नेपाल तथा नाट्य मञ्च तनहुँका संस्थापक अध्यक्ष आकाश अधिकारी लगायतले कृति सार्वजनिक गरेका हुन् । अध्यक्ष अधिकारीले संगमले भिमाद र यसका आसपासका क्षेत्रको साहित्यको विकासमा ठूलो योगदान गरेको जनाए ।

पूर्व प्राध्यापक सूर्यभक्त सिग्देलले मोफसलमा रहेर नियमित रुपमा पत्रपत्रिका प्रकाशित गर्नु चुनौतीपूर्ण भएको बताए । नगर उद्योग वाणिज्य संघ भिमादका अध्यक्ष हस्तबहादुर खड्काले भिमादको गौरव बढाउने काम सेतीकाली साहित्य सङ्गमले गरेको जनाए ।

Advertisement

समीक्षक दिवाकर भट्टराइले मुखपत्रमा प्रायः स्थानीय लेख, रचना रहेको र सर्जकलाई यसले प्रोत्साहित गरेको जनाए ।

कार्यक्रममा कार्यक्रममा जीवन सागर, सागर गैह्रे, बालकृष्ण गैह्रे, ध्रुवराज सुवेदी, सुरज लम्साल, इन्धिरा खड्का, हरिप्रसाद सुवेदी लगायतले रचनावाचन गरेका थिए ।

Advertisement

संस्थाका संस्थापक अध्यक्ष नारायणकैलाश सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य धीरेन्द्र थापा, संस्थाका सल्लाहकार सुरज लम्साल र ध्रुवराज सुवेदीले बोलेका थिए ।

तपाईको प्रतिक्रिया