मुग्लिन-पोखरा सडक: पूर्वीमा ५६, पश्चिममा २३ प्रतिशत काम

समाधान संवाददाता २०८१ वैशाख १७ गते ११:१९
फाइल फाेटाे

पोखरा ।
मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत पूर्वी खण्डमा ५६ र पश्चिम खण्डमा २३ प्रतिशत प्रगति भएको छ ।
पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वीखण्डमा ५६ र जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा २३ प्रतिशत प्रगति भएको आयोजना जानकारी दिए ।


पूर्वीखण्डको निर्माणको म्याद गत वैशाख २ गते सकिएको छ भने पश्चिम खण्डको म्याद ४ महिना बाँकी छ । विविध कारणले काममा ढिलाइ भए पनि केही समयका लागि म्याद गर्ने तयारीका साथ आयोजनाका बाँकी कामलाई निरन्तरता दिइएको पाण्डेको भनाइ छ । यो खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरूभएको थियो । पूर्वी खण्डमा निर्माणको काम चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले गरिरहेको छ ।


सो खण्ड अन्तर्गत आँबुखैरेनी, बन्दीपुर, व्यासका विभिन्न ठाउँमा गरी १८ किलोमिटर दुईतर्फी र नौ किलोमिटर एकतर्फी सडक कालोपत्र भइसकेको छ । पश्चिम खण्डको जामुनेदेखि पोखरासम्मको ३८ किलोमिटर दूरीमध्ये हालसम्म ९ किलोमिटर एकतर्फी कालोपत्र सकिएको र यस अण्डमा २० किलोमिटर सडक ६ लेनको हुने इन्जिनियर नारायण पौडेलले जानकारी दिए ।

Advertisement


पश्चिम खण्डका तनहुँको म्याग्देखोला, कुम्लेखोला, कोत्रेको सेती नदी र विजयपुलमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माणको काम अगाडि बढाइएको छ । यस खण्डमा निर्माण अवधि विसं २०८१ भदौ १२ गतेसम्म छ । यो खण्डमा निर्माणको काम चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले गरिरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया