शिवको नयाँ गीत

समाधान संवाददाता २०८० जेठ १५ गते १२:४८

पोखरा ।
प्रायः गम्भीर र वियोगान्त गीत, गजल रच्ने शिव पलाँसको नयाँ गीत सार्वजनिक भएको छ । यस पटक भने उनको लोक पप शैलीको रमाइलो युगल गीत ‘साहुकी छोरी’ बजारमा आएको छ ।

एसडी योगीको संगीत, रिकेश गुरुङको संगीत संयोजन तथा रचना रिमाल र ईश्वर पोखरेल अविरलको आवाजमा सजिएको यो गीतले वल्लो पल्लो गाउँका युवायुवतीको प्रेम कथा अभिव्यक्त गरेको छ ।

मौसम हिमालीको निर्देशनमा बनेको गीतको म्युजिक भिडियोमा कमल सिङ, ललना चिमरिया, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ । यही शुक्रबार सार्वजनिक भएको गीतले स्रोता, दर्शकको मन जितिरहेको छ ।

Advertisement

हाल अमेरिका निवासी शिव २ दशकदेखि सिर्जना क्षेत्रमा क्रियाशील छन् । उनको ‘माया गर्नुको अर्थ’ शीर्षकको गीत सञ्चयनसमेत प्रकाशित छ ।

Advertisement

तपाईको प्रतिक्रिया