मुक्तिनाथको सरसफाईमा पुगेन ध्यान

समाधान संवाददाता २०८० जेठ २५ गते १५:११
फाईल फोटो :

जोमसोम—बर्सेनि हजारौं धार्मिक तीर्थालु पुग्ने हिमालीपारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ मन्दिर परिसरमा अवस्थित शौचालय र चेन्जिङ कोठा अव्यवस्थित रहेको पाईएको छ । त्यहाँ शौचालय र चेन्जिङ कोठाहरु अव्यवस्थित र फोहोर हुँदा मुक्तिनाथ दर्शन गर्न जाने धार्मिक तीर्थालुलाई निकै समस्या छ ।
मुक्तिनाथ मन्दिर परिसरको उत्तरतर्फको एक स्थानमा कपडा फेर्ने चिन्जिङ कोठा र अर्को स्थानमा शौचालय र बाथरुम छन् । शौचालय मुक्तिनाथ गुरुयोजना अन्तर्गतको बजेटबाट निर्माण गरिएको थियो भने कपडा फेर्ने चेन्जिङ कोठा साविककै हो । तर,मन्दिर परिसरको बाथरुम र शौचालय पुरै फोहोर छन् । शौचालय सफा नगरेको पनि महिनौ जस्तो देखिन्छ । शौचालय फोहोर हुँदा भक्तजन मुख छोपेर शौचालय जान बाध्य छन् । भक्तजनलाई मन्दिरको १०८ धारामामा स्नान गरेर कपडा परिवर्तन गर्न समेत फोहोरको डंगुरले गर्दा समस्या रहेको बताईन्छ । मन्दिरमा फोहोर मिल्काउने डस्मिन समेत छैनन् ।
बुटवलबाट मुक्तिनाथ दर्शन गर्नआएका तीर्थालु धर्मराज ओझाले मुक्तिनाथ मन्दिरमा रहेको शौचालय र चेन्जिङ कोठाको फोहोर देखेर नाकमुखै छोप्न बाध्य भएको बताए ।‘यतिठुलो महत्व बोकेको धार्मिक तीथस्थलमा खै फोहोरको व्यवस्थापन?,जता हे¥यो उतै फोहोर छ,शौचालय पुरै दुर्गन्धित छ ,यहाँका समितिले किन फोहोर व्यवस्थापन गर्दैन ?,उनले भने।’
झन्डै ५ सय रोपनी बढी क्षेत्रफलमा फैलिएको मुक्तिनाथ मन्दिर परिसरमा शौचालय र चेन्जिङ कोठाका अलावा मन्दिर परिसरमा फोहोर व्यवस्थापन हुन सकेको छैन । मन्दिर परिसरको यततत्र जता हे¥यो उतै फोहोरको थुप्रो देखिन्छ । पवित्र पावन भुमीमा पवित्र ढंगले मुक्तिनाथको दर्शन गर्न आउने धार्मिक तीर्थालुहरुले कुण्ड र धारामामा स्नान गर्न समेत असहज छ ।मुक्तिनाथका स्थानीय बासिन्दा सुरज गुरुङले मुक्तिनाथ मन्दिरमा शौचालय ,चेन्जिङ कोठा र तीर्थालुले मिल्काउन फोहोर व्यवस्थापन हुन नसकेको जानकारी दिए । मुक्तिनाथ विकास समिति कोषमा बर्सेनि करोडौं रुपैया जम्मा हुन्छ,तर,जनशक्ति बढाएर फोहोर व्यवस्थापन गर्न ध्यान दिईएको छैन ,स्थानीयबासी गुरुङले भने,‘ कर्मचारी अपुग भए कर्मचारी थप्नु प¥यो, सरसफाईमा ध्यान दिनु प¥यो।’ मन्दिरमा अहिले देखिएको फोहोरले धार्मिक स्थलकै बदनाम हुन्छ ।
मुक्तिनाथ मन्दिरमा फोहोर व्यवस्थापनसंगै मन्दिर परिसरको क्षेत्रलाई सफा र वातावरणमैत्री तुल्याउन तीर्थालु लक्षित सूचनामूलक होडिङबोर्ड राख्न समेत आवश्यक देखिएको छ । मुक्तिनाथमा पुग्ने धार्मिक तीर्थालुहरुले जथाभावी जहाँपायो त्यही प्लास्टिकका सामान र कपडाहरु मिल्काउन गर्दा फोहोर बढेको हो ।
मुक्तिनाथ मन्दिरमा मुक्तिनाथ विकास समितिले एक जना पुजारी,एक जना चन्दा संकलन गर्ने कर्मचारी र २ जना सरसफाईकर्मी सहित ४ जना कर्मचारी व्यवस्थापन गरेको छ । उनीहरुको सबैको वार्षिक पारिश्रमिक खर्च ८ लाख १५ हजार हुन्छ । झन्डै वार्षिक १ करोड रकम संकलन हुने मुक्तिनाथ मन्दिरमा विकास समितिले मन्दिर क्षेत्रको बृहत्तर विकासमा आवश्यक खर्च गर्न नसक्दा तीर्थालुलाई समस्या पर्ने गरेको छ ।मुक्तिनाथका स्थानीय गुरुङले मुक्तिनाथ मन्दिरको बृहत्तर विकासमा समितिले उल्लेखनीय भूमिका निभाउन नसकेको आरोप लगाए । उनले तीर्थालुबाट चन्दा र भेटी मात्र उठाउने तर उनीहरुको सुविधाका लागि पनि काम गर्न नसकेको बताए ।
यसका अलावा मुक्तिनाथमा दर्शन गर्नुअघि तीर्थालुहरुको कपडा र अतिआवश्यकीय सरसमान राख्न लक्कर समेतको व्यवस्था छैन ।लक्करको सुविधा नहुँदा त्यहाँ जाने तीर्थालुको सामान हराउन सक्छ ।
मुक्तिनाथ मन्दिर परिसर क्षेत्रमा सीसी टिभी जडान गर्न आवश्यक रहेको छ । संम्भावित अपराध,चोरी र अवान्छित गतिविधिहरु न्यूनिकरण गर्न स्थानीय सरोकारवालाहरुले माग गरेका छन् । मुक्तिनाथ विकास समिति प्रजिअको नेतृत्वमा छ ।२०६८४ सालमा गठन भएको मुक्तिनाथ विकास समितिको हालको मौज्याद करिव ७ करोड भन्दा बढी छ । मुस्ताङका प्रजिअ अनुप केसीले मुक्तिनाथ मन्दिर परिसरको शौचालय मर्मत संम्भारमा रहेको र अर्को नयाँ शौचालय निर्माण भईरहेको जानकारी दिए । प्रजिअ केसीले मन्दिर परिसरमा फोहोर व्यवस्थापनका लागि चाँडै डस्मिनहरु राख्ने र तीर्थालुको सामान थन्क्याउन लक्करको अर्डर भईसकेको उल्लेख गरे । ‘अब केहीदिनमा हामीले खास निर्णय गछौं ,जुन त्यहाँ आवश्यक देखिन्छन् ,प्रजिअ केसीले भने,‘सीसी टिभी राख्ने पनि कुरो छ ,त्यहाँका सरोकावालाहरुसंग छलफल गरी मन्दिर व्यवस्थापन गर्नेतर्फ लाग्छौ ।’

Advertisement

फाईल फोटो :

तपाईको प्रतिक्रिया