जन्मदीनमा रक्तदान

समाधान संवाददाता २०८० जेठ २५ गते १५:५४

पोखरा ।
लायन्स क्लव अफ पोखरा डेस्टीनेशनको आयोजनामा क्लवका पुर्व अध्यक्ष लक्ष्मण तिमिल्सिनाको जन्मदिनमा रक्तदान भएको छ । बिगत सात वर्षदेखि तिमिल्सिनाको जन्मदीनमा जेठ २५ गते आयोजना हुँदै आएको रक्तदानमा ४९ युनिट रगत संकलन भएको छ ।

गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले रक्तदान जीवनदान भएको बताउँदै निशुल्क दान गरेको रगत बिना शुल्क प्रयोग सकिने बताएका थिए । गण्डकी प्रदेश सरकारले आवश्यक किटहरु निशुल्क प्रदान गर्ने व्यवस्था गरेसँगै यो व्यवस्था लागु गरीएको जानकारी दिए ।

रक्तदानले स्वास्थ्यमा असर नगर्ने र रक्तदान गर्दा रगत पातलो हुनुका साथै मृत रक्तकोष सफाइका साथै रक्त प्रवाहमा समेत सहयोग पुग्ने गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक तिमिल्सिनाको भनाइ थियो । रक्तदानमा सरिक भएकालाई उनले आभार व्यक्त गरेका थिए ।

Advertisement

कार्यक्रमका संयोजक डा सरोज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव लायन्स क्लव अफ पोखरा डेस्टीनेशनका पुर्व अध्यक्ष डा अमर नागिला, रामप्रसाद तिमिल्सिना, जोन चियरपर्सन राजेन्द्र शर्मा, अध्यक्ष सन्तोष शर्मा, हाम्रो गन्तव्य बहूउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष बिष्णुप्रसाद तिमिल्सिना, मेडीप्लस हस्पिटलका संचालक आनन्द भटराई लगाएतको उपस्थिति थियो ।

कार्यक्रम मेडीप्लस हस्पिटल, हाम्रो गन्तव्य बहूउद्देश्यीय सहकारी, लायन्स क्लव अफ पोखरा डेस्टीनेशन र लियो क्लव अफ पोखरा डेस्टीनेशनको समन्वयमा भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया