फूलबारीमा योग साधना केन्द्र

समाधान संवाददाता २०८० असार ३ गते १५:१६

पोखरा ।
विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजले पोखरा ११ फूलबारीमा रामेश्वर योग साधना केन्द्र सञ्चालनमा ल्याएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिका ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले विश्व शान्ति तथा अध्यात्म समाजले पोखरा ११ मा केन्द्र सञ्चालन गरेकोमा खुसी व्यत्त गरे ।


उनले वडा कार्यालयको तर्फबाट समाजलाई सक्दो सयोग गर्ने प्रतिवद्वता जनाए । आचार्य राजन आचार्यले प्रकृतिको सुन्दर खानी पोखरामा विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको कार्यालय तथा योग साधना केन्द्र सञ्चालनबाट हुनु उल्लेखनीय भएको बताए ।

Advertisement


विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका गण्डकी प्रदेश अध्यक्ष ईन्द्रराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा भास्कर स्कुलका प्राचार्य विश्वराज बास्तोला, विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका नेपाल संयोजक दीर्घ गिरी, संगठन प्रमुख गंगाराज सुवेदी, प्रदेश उपाध्यक्ष सुशीला ढुंगाना र प्रदेश महासचिव वसन्त बरालले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया