लोकतान्त्रिक आदिवासी महासंघमा अर्जुन

समाधान संवाददाता २०८० असार ३ गते १६:००

पोखरा ।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल पोखरा महानगर कमिटीको प्रथम अधिवेशन भएको छ । अधिवेशनले अध्यक्ष अर्जुनबहादुर भुजेल (थापा)नेतृत्वमा सर्वसम्मत रुपमा ४५ सदस्यीय कमिटी चयन गरेको छ ।


कमिटीको उपाध्यक्षमा जसबहादुर गुरुङ र सीताकुमारी गुरुङ, सचिव पूर्णकुमार श्रेष्ठ, उपसचिव युवराज गुरुङ र पर्वाती श्रेष्ठ र कोषध्यक्ष प्रेमकुमार गुरुङ छन् ।


कमिटीको सदस्यमा धनमाया रोक्कामगर, ओमप्रसाद गुरुङ, खिमबहादुर फगामी पुन, तुलबहादुर पुनमगर, खिमप्रसाद पुर्जा पुन, बाबुराम श्रेष्ठ, माया जिसी, हुमबहादुर गुरुङ, रेशमबहादुर जिसी, निरसुब्बा गुरुङ, राजकुमारी गुरुङ र मीराकुमारी राई छन् ।

Advertisement


नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष मीनाकुमारी गुरुङले अधिवेशनको उद्घाटन गर्दै आदिवासी जनजाति राजनीतिक रुपमा सचेत र संगठित हुनुपर्ने बताइन् ।


कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका केन्द्रीय सचिव हुमबहादुर गुरुङ, लोकतान्त्रिक तमु संघ गण्डकी प्रदेशका अध्यक्ष कर्णबहादुर गुरुङ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल गण्डकी प्रदेश कमिटीका उपसचिव कमलबहादुर भुजेल, कास्कीका अध्यक्ष गणेश श्रेष्ठ, उपाध्यक्ष शिव थापा, सचिव रमेश गुरुङ लगायतले आदिवासी जनजातिका समस्याका बारेका बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया