दुर्गा आधारभूत विद्यालयलाई लेखनाथ हार्डवेयरको सहयोग

समाधान संवाददाता २०८० असार ३ गते १६:०२

लेखनाथ ।
लेखनाथ हार्डवेयर एसोसिएसनले संस्थाको नवौं वार्षिकोत्सवको अवसरमा सामुदायिक विद्यालयमा स्टेसनरी सहयोग गरेको छ ।

संस्थाले पोखरा ३० आँपडाँडा स्थित नवज्योति सनत दुर्गा आधारभूत विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई स्टेसनरी र खेलकुद सामग्री वितरण गरेको हो ।


कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष क्षत्रधर आत्रेयले एसोसिएसनले नमुना काम गरेको बताए । उनलेसंघले समेत शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकता दिने गरेको जनाए ।

Advertisement


पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य भीमकुमारी गर्बुजा पुनले भौतिक विकासमात्रै विकास नभएकाले शिक्षाको विकास लागि सबै पक्षले यथोचित पहल लिनुपर्ने जनाइन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद सुवेदीले यस प्रकारका सहयोगले सामदायिक विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप एवं शिक्षाको गुणस्तरमा सुधार ल्याउन सहयोग पुग्ने बताए ।


संस्थाका अध्यक्ष ऋषिराम जमरकटृेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अर्जुन पंगेनी, महासचिव नवराज तिवारी, संस्थापक अध्यक्ष राजेन्द्र ओझा, पूर्वअध्यक्ष भक्तबहादुर केसी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया