स्याङजाको भीरकोट नगरपालिकामा सुन्तला रोप्ने अभियान

समाधान संवाददाता २०८० असार ४ गते १०:४५

पोखरा ।
स्याङजाको भीरकोट नगरपालिका ५ केराबारीमा सुन्तला रोपण अभियान थालिएको छ । अभियान कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदुराम भुषालले सुरुआत गरे ।

मन्त्री भुषालले राज्यमा रहेका तिनै तहका सरकारले कृषि क्षेत्रमा जोड दिनुपर्ने बताए । उनले किसानको मुख्य समस्या बनेको बादर नियन्त्रणका लागि सरकारले योजना बनाएको उनले जनाए ।


मन्त्री भुषालले आर्थिक आम्दानीका लागि माछा, बाख्रा र कुखुरापालन, सुन्तला, कागती र व्यासायीक तरकारी खेती गर्न आग्रह गरे । जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटीले नेपालको बाँझो जमिनलाई व्यवस्थीत गरी कृषि गरेमा विदेशमा जान नपर्ने जनाए ।

Advertisement


परियोजना निर्देशक विनोदकुमार भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सुन्तला सुपर जोन परियोजना कार्यान्वयन इकाइ स्याङ्जा प्रमुख माधव लम्साल, पूर्व वडाध्यक्ष यामप्रसाद अधिकारी, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा र भीरकोट नगरपालिकाका नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया