सहकारीका चुनौतीबारे छलफल

समाधान संवाददाता २०८० असार ४ गते ११:४९

लेखनाथ ।
अहिले सहकारीका क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे सहकारी सञ्चालकहरु गम्भीर भएका छन् । देशको अर्थतन्त्र कमजोर हुँदा त्यसको प्रभाव प्रत्क्षय रुपमा सहकारी क्षेत्रमा पनि परेकाले त्यसको निवारण तथा रोकथामका लागि सहकारीकर्मीहरु जागरुक हुनुपर्नेमा जोड दिइएको छ ।


पोखरा २६ मा रहेका सहकारीका सञ्चालकहरुलाई सहभागी बनाएर जल्धारे बचत तथा ऋण सहकारीले वर्तमान अवस्थामा सहकारी संस्थाका चुनौती र यसको निवारणबारे छलफल गरेको हो । शुक्रबार भएको कार्यक्रमका सहभागीले कुनै एक सहकारीमा देखिएका समस्याको समधानका लागि सामूहिक रुपमा प्रयास गर्नुपर्ने सुझाव दिए ।


गण्डकीका सहकारी रजिस्टार रोशन अर्यालले सहकारी क्षेत्रमा देखिएका समस्या सहकारीहरुले नै निम्त्याएको उल्लेख गरे ।

Advertisement

उनले सहकारीहरु आफ्ना मूल्य, मान्यता र नीतिमा चल्नुपर्नेमा उनले जोड दिए । कार्यालयका अधिकृत ईश्वरी ढकालले सहकारीका समस्या समाधानका लागि अपनाउनुपर्ने कानुनी प्रक्रियाबारे जानकारी गराइन् ।


जल्धारेका अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव बिचित्रनाथ ढुंगाना र कोषाध्यक्ष विश्वराज अधिकारीले धारणा राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया