नेल्टा कास्कीको २३ औं सभा

समाधान संवाददाता २०८० असार ४ गते १२:४०

पोखरा ।
प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्म अंग्रेजी भाषा अध्यापन गराउने अंग्रेजी शिक्षकहरुको साझा संस्था नेपाल इङ्लिस ल्याङ्वेज टिचर्स एसोसियसन (नेल्टा) कास्कीको २३ औं साधारण सभा शनिबार नयाँबजारस्थित नवप्रभात माविमा सम्पन्न भयो ।


संस्थाका उपाध्यक्ष भूमिराज पण्डितको स्वागत मन्तव्यबाट सुरू उक्त कार्यक्रममा संस्थाका केन्द्रीय सदस्य पितृराज बास्तोलाले संस्थाले हालसम्म गरेका गतिविधिहरूको प्रशंसा गरे । संस्थाका कोषाध्यक्ष डिल्लीराम भट्टराईले वार्षिक आयव्यय प्रस्तुत गरेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष अजय थापा र सञ्चालन सचिव बोधराज गौतमले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया