सहारा स्कुलकाे अध्यक्षमा विक्रम

समाधान संवाददाता २०८० असार ५ गते १३:५३

पोखरा ।
पोखरा ९ बसपार्क कास्कीमा रहेको सहारा बाल आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन भएको छ । वडाध्यक्ष दीपेन्द्र मर्सानीको अध्यक्षतामा बसेको बैठकले विक्रम थकालीलाई अध्यक्ष चुनेको हो ।


थकाली सहारा क्लब पोखराका पूर्व अध्यक्षसमेत हुन् । यसअघि समितिमा अभिभावकको तर्फबाट विकास बराल, जुना दर्जी र रामु बस्नेत, वडाबाट मनोनित सदस्यमा ठाकुरप्रसाद काप्री र समाजसेवी, वुद्धिजीवी एवम चन्दादाताको तर्फवाट सुशील लामिछाने चयन भएका थिए । शिक्षक प्रतिनिधिमा रुद्रबहादुर कार्की राजु र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक लोचनाकुमारी अधिकारी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया