सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्रीको गाडी दुर्घटना, २ जनाको मृत्यु, मन्त्री सिकिस्त

समाधान संवाददाता २०८० असार ५ गते १६:३४

धनगढी ।

धनगढीबाट बझाङ जाने क्रममा गाडी दुर्घटनामा परी घाइते भएका सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंह सिकिस्त घाइते भएका छन् । २ जनको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मन्त्री सिंहकी पत्नी र भाउजू रहेको सुरक्षा स्रोतले जनाएको छ ।

Advertisement

मन्त्रीसहित पाँच जना सवार गाडी मंगलबार दिउँसो करिब अढाई बजे बझाङको केदारस्यूँ गाउँपालिका–१ को देउरामा दुर्घटना भएको थियो । अन्य दुई पनि गम्भीर घाइते भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया