फेवा सहकारी गण्डकी प्रदेशमै उत्कृष्ट

समाधान संवाददाता २०८० असार ६ गते ११:३८

पोखरा ।
राष्ट्रिय सहकारी बैंकले पोखराको फेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई बचत तथा ऋण कारोबारमा उत्कृष्ट कार्य गरेवापत गण्डकी प्रदेश स्तरीय सम्मान प्रदान गरेको छ ।


बैंकको १९ औं वाषिक साधारण सभामा उत्कृष्ट प्रादेशिक सदस्यका रुपमा सम्मान गरेको सहकारीका अध्यक्ष चन्द्रप्रसाद गुरुङले जानकारी दिए । सहकारी बैंकका अध्यक्ष केबी उप्रेती तथा संघीय सहकारी विभागका रजिस्टार नवराज घिमिरेले संयुक्त रुपमा सहकारीका अध्यक्ष गुरुड र प्रमुख कार्यकारी अधिकृत हरिभक्त पौडेललाई प्रशंसापत्र प्रदान गरे ।


सहकारी बंैकले संस्थागत रुपमा बंैकको सदस्य रहेका सहकारीलाई विभिन्न विधामा प्रत्येक वर्ष सम्मान गर्दै आएको छ ।

Advertisement

फेवा सहकारीका सचिव दिलबहादुर भट्टराईले बचत तथा ऋण कारोबार गर्ने गण्डकी प्रदेशका सदस्य संस्थाहरु मध्ये सहकारी सम्मान तथा पुरस्कार विधामा सम्मानित भएको बताए ।


सचिव भट्टराईका अनुसार २०५६ सालमा स्थापना भई कास्की जिल्ला भरी कार्यक्षेत्र रहेको सहकारीमा २ हजार ५ सय सेयर सदस्य छन् । सहकारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ, खानेपानी, वृक्षरोपण, बाटोघाटो संरक्षण, कला संस्कृतिको जगेर्नामा योगदान पु¥याउँदै आएको छ ।

Advertisement


सहकारी विभागबाट उत्कृष्ट संस्था, विभिन्न सहकारी सञ्जालले विभिन्न विधामा सहकारीलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरेका छन् । सहकारीका व्यवस्थापक जगन तिमिल्सिनाले कुल १ अर्ब ३० करोड बराबरको कारोबर रहेको सहकारीको सेयर पुँजी १२ करोड ३१ लाख र निक्षेप ९५ करोड रहेको जानकारी दिए । उनले सहकारीको ऋण लगानी १ अर्ब, जगेडा कोष ५ करोड ६० लाख अन्य कोष पनि मजबुत र पर्याप्त तरलता पनि रहेको बताए ।

तपाईको प्रतिक्रिया