आमा मिलनद्वारा एचआइभी सचेतना तथा क्षमता अभिवृद्धि तालिम

समाधान संवाददाता २०८० असार ६ गते १२:४९

पोखरा ।
आमा मिलन केन्द्र कास्कीको आयोजना र पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको सहयोगमा स्थानीय महिला तथा युवा लक्षित एचआइभी संक्रमण सचेतना तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।


पोखरा महानगरपालिका वडा नं २२, २१, ३१, ३०,९ , ८, ७, ५, १०, १७ का विभिन्न वडाहरुसँग समन्वय गरी तालिम सञ्चालन गरिएको हो । समुदायका ४०० जना युवा तथा महिलाहरुको सहभागितामा भएको कार्यक्रम मंगलबार सकिएको हो ।


प्रजनन् स्वास्थ्य, यौन रोग, एचआइभी र एड्सका बारेमा समुदायमा सचेतना जगाउन क्षमता अभिवृद्धि गर्ने, संक्रमित व्यक्तिहरुलाई घरपरिवार र समाजमा अरु सो सरह बाँच्न पाउने अधिकारका बारेमा चेतना जगाउनुका साथै भेदभाव, लान्छानहरुलाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउने उद्देश्यले स्थानीय निकायलाई जिम्मेवार बनाउन यो कार्यक्रमले सहयोग पुगेको स्थानीय युवाहरुको भनाई थियो ।

Advertisement


पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष हिमलाल बराल, महिला जनप्रतिनिधि कृष्णकुमारी पौडेल, पोखरा महानगरपालिकाका जनप्रतिनिधि कृष्णबहादुर थापाले यस्ता जनचेतनामूलक कार्यक्रमले समाज सुधारमा सहयोग पुग्ने र यसका जटिलतालाई न्यूनीकरण गर्दै लैजानुपर्नेमा आफूहरु प्रतिवद्धता भएको बताए ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष जमुना वर्षा शर्मा, यौनजन्य संक्रमणका विषयमा रजनी रिमाल, यौनरोगका कारण आउन सक्ने जटिलताका विषयमा इन्दिरा पौडेल, एचआइभी संक्रमित व्यक्तिहरुप्रति घरपरिवार र समाजद्वारा गरिने भेदभावको न्यूनीकरणमा क्षमता अभिवृद्धि र समुदायको भूमिकाका विषयमा विद्या पराजुलीले सहजीकरण गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया